ब,म वि स्फो ट को समयमा कहाँ थिए गोकुल बाँस्कोटा ?

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ/ पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घरमा बुधबार बिहान शक्ति शा ली ब,म वि ष्फोट भयो । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली मनोहरा फाँटस्थित बाँस्कोटाको घरमा प्रेसर कुकर ब,म विष्फो,ट भएको प्रहरीले जनाएको छ ।

ब,म वि स्फो टबाट कुनै मानवीय क्षति भएको छैन । उक्त घर निमार्णकै क्रममा रहेकाले त्यहाँ कोही बस्ने गरेका थिएनन् ।पूर्वमन्त्री बाँस्कोटा मन्त्री भएदेखि बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा बस्दै आएका थिए । मन्त्री पदबाट राजीनामा दिएपछि पनि उनै सुरक्षाका कारण परिवारसहित ओली निवासमै बस्दै आएका छन् ।
तर उनको निर्माणाधिन घरमा बुधबार बिहान वि ष्फो ट हुँदा घरको पर्खाल र सिसामा क्षति पुगेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

ब,म वि,स्फो टबाट बा १९ च ४७८१ नम्बरको निजी भ्यानको सिसामा क्षति पुगेको छ । पूर्वमन्त्री बाँस्कोटाको घरसँगै रहेको कुबेर केसी र कपिल घिमिरेको घरमा सिसा समेत फुटेको छ ।

घटना कसले घटायो भन्ने बारेमा घटनास्थलमा अहिले प्रहरी टोलीले अनुसन्धान गरिरहेको प्रनाउ कोइरालाले जानकारी दिए । ब म वि स्फो ट गराउने समूहबारे अहिलेसम्म केही खुल्न सकेको छैन । ठूलो आवाज निस्किएर ब,म वि स्फो ट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

सेक्युरिटी प्रिन्टर प्रेस खरिदका लागि सरकारले प्रक्रिया अघि बढाइरहेका बेला तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा स्वीस कम्पनीका एजेन्ट भनिने विजयप्रकाश मिश्रसँग रु ७० करोड कमिशन का ण्डमा मुछिएपछि उनले राजीनामा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *