गोकुल बास्कोटा माथी विप्लवका १० आरोप

0
64

काठमाडौं । भूमिगत रुपमा आफ्ना गतिविधि गर्दै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा भएको वि स्फो टको जिम्मा लिएको छ । बुधवार विहान ७.४० मा भक्तपुरको मनहरा फाँटस्थित बास्कोटाको घरमा बि स्फो ट गराईएको थियो । विप्लव नेकपाले बास्कोटामाथी १० आरोप लगाउँदै विस्फोटको जिम्मा लिएको छ ।

बास्कोटा विप्लव नेकपाको निशानामा रहेको सूचना नेपाल प्रहरीले पहिले नै पाएको थियो । तर उनको घरमा भएको विस्फोटको पूर्व जानकारी भने नेपाल प्रहरीले पाउन सकेन । वि स्फो टका कारण घरमा क्षति पुगेको छ भने स्थानीय त्र सित बनेका छन् । बास्कोटालाई भ्रष्टाचारी भन्दै विप्लव नेकपाले विस्फोट गराएको स्वीकार गरेको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, २४ अर्बको सेटलाइट खरिदमा बास्कोटाले मोलमालाई गरेर कमिशन खाएको आरोप विप्लव नेकपाले लगाएको छ । विप्लव नेकपाले १० आरोप लगाउँदै उनको घरमा वि स्फो ट गराएको छ । वि स्फो ट रिमोट भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

यस्ता छन् बास्कोटामाथी विप्लव समूहका १० आरोप
१‍. सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदप्रकरणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले ।

२. २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेकाले ।

३. १९ अर्बको फोर जी सेवा विस्तारका दौरान करोडौँ रकमको दुरुपयोग गरेकाले ।

४. १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौँ कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भुमिका खेलेकाले ।

५. मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा–सुविधाका नाममा करोडौँ हिनामिना गरेकाले ।

६. सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेकाले ।

७. नेपाल कम्युनिस्ट पार्टीमाथि प्रति बन्ध लगाउने, फा सि वादी द मन को योजनाकार र ह,त्याको मतियार बनेकाले ।

८. राष्ट्र, जनता र क्रा न्तिका विरुद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्द ण्ड, अ रा जनी तिक र गु ण्डा गर्दी भूमिकामा उत्रिएकाले ।

९. आफ्नो औकात भुलेर क्रान्ति प्रेमी जनतामाथि फा सि वादी द मन लाद्ने, चरम अस हिष्णु, द लाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाले ।

१०. देशलाई अहिलेको जर्जर र स ङ्क ट ग्रस्त अवस्थामा पुर्याउने नामुद द ला ल भ्रष्टमध्ये एक भएकाले ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here