अमेरिकामा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या हजार पुग्यो, तीन दिनमा विरामीको सङ्ख्या दोब्बर

  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । नयाँ तथ्याङ्क अनुसार अमेरिकामा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या हजार पुगेको छ

अघिल्लो आइतबार अर्थात तीन दिन अघिको भन्दा यो संख्या दोब्बर हो ।

प्रकोपकै कारण अमेरिकामा ३१ को मृत्यु भइसकेको छ । देशभित्र वासिङ्टन राज्य सबैभन्दा बढी प्रभावित देखिएको छ । त्यहाँ २७३ संक्रमित र २४ को मृत्यु भएको तथ्याकं आएको छ ।

सयभन्दा बढी संक्रमित भेटिने अन्य राज्य क्यालिफोर्निया र न्युयोर्क छन् । न्यूयोर्क राज्यमा १७३लाई कोरोना संक्रमण भेटिएको छ भने क्यालिफोर्नियाका ११६ व्यक्तिमा उक्त भाइरस पाइएको छ ।

त्यसपछि रहेको म्यासाचुसेटमा झण्डै ९२ मा संक्रमण भेटिएको छ ।

यो पनि पदनुहोस

काठमाडौं : लोडसेडिङको अन्त्य गरी नेपाललाई अन्धकारमुक्त बनाउदै राष्ट्रिय अर्थतन्त्र बचाएका कुलमान घिसिङकै कारण नेपाली जनताले अर्को ठूलो राहत पाउने भएका छन् । उपभोक्ताको हितलाई ध्यानमा राखेर अब विद्युत महसुल निर्धारण गर्ने सरकारी तयारीले कुलमानको योगदान पुनः स्मरणीय गराएको छ ।

बर्षेनी करोडौं घाटामा रहेर सरकारको सेता हात्तीको उपमा पाएको नेपाल बिद्युत प्राधिकरणलाई नाटकीय सुधार गरेर नाफामा लगेपछि उपभोक्तामैत्री महसुल निर्धारण गर्न लागिएको हो । महसुल महंगो भएका कारण निम्नस्तरका जनताले बिद्युत उपभोग गर्न नसकेको र उद्योगधन्दालाई पनि मर्का परेको कुरालाई ध्यानमा राखेर अब महसुल दर निर्धारण गर्ने तयारीमा सरकार जुटेको छ ।

महसुल निर्धारण गर्न गठित विद्युत नियमन आयोगले जारी गरेको ‘विद्युत उपभोक्ता महसुल निर्धारण निर्देशिका, २०७६’ ले बिद्युत उत्पादकहरुलाई नाफामुखी मात्र नभई सेवामुखी बनाउने प्राबधान राखेको छ । यो प्राबधानबाट प्राधिकरणसहित सरकारबाट विद्युत वितरणको अनुमति पाएका संस्थाको आर्थिक विवरण हेरेर मात्रै नयाँ महसुल निर्धारण हुने भएको छ ।

निर्देशिकाले उपभोक्ताको हितलाई हेर्दै वितरक कम्पनीको आर्थिक तथा वित्तीय अवस्था हेरेर महसुल निर्धारण गर्नेे छ । अब नाफामा रहेको प्राधिकरणले महसुल दर घटाउने एक अधिकारीले बताए । यसबाट उपभोक्ता र उद्योगी ब्यबसायीलाई ठूलो राहत मिल्ने छ । कुलमान नभएको भए यस्तो संभाबना नै थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *