बास्कोटाका छिमेकी भन्छन: बास्कोटालाई कारवाही नगर्दा हामीले दुख पायौं (भिडियो हेर्नुहोस्)

  •  
  •  
  •  
  •  
  •  
  •  

फागुन २८ काठमाडौं: निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा ब’म विष्फोट भएको छ। ब’म विष्फोटबाट घरको कम्पाउन्डमा क्षति पुगेको छ । साथै छिमेकीका घर र एउटा भ्यानमा समेत क्षति पुगेको छ ।

विस्फोटबाट बास्कोटाको घरमा बन्दै गरेको पर्खाल भत्किनुकासाथै झ्यालका सिसाहरु फुटेका छन् । ठूलो आवाजसहित भएको बिस्फोटबाट छिमेकीको घरका झ्यालका सिसामा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । त्यस्तै, विस्फोटस्थल नजिकै रहेको कारमा समेत क्षतिपुगेको जनाइएको छ ।

ब’म विस्फोटको जिम्मा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले लिएको छ। सरकारका प्रवक्ताको हैसियतमा रहेर पदको दुरुपयोग गर्दै राष्ट्र दोहन गरेकाले आफुहरुले सतर्क गराउन चेतावनी स्वरूप ब’म विस्फोट गराएको नेकपाले जनाएको छ।

प्रहरीले बिस्फोटका योजनाकार देव बहादुर गुुरुङलाई पक्राउ गरेको छ । पक्राउ परेका गुरुङ विप्लब नेतृत्वको नेकपा भक्तपुरका जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ ।

उता बास्कोटाका छिमेकीहरुले भने ७० करोड कमिसन प्रकरणमा सरकारले उनलाई कारवाही गर्न आनाकानी गरेका कारण त्यसैको आक्रोशमा घरमा ब’म विस्फोट गराइएको बताएका छन्। सुनौलो नेपालसंगको कुराकानीका क्रममा छिमेकीहरुले बास्कोटालाई कारवाही नगर्दा आफुँहरुले दुख पाएको र त्रसित हुनु परेको भन्दै दुखेसो पोखेका छन्।

ब’म विस्फोट प्रकरणमा के भन्छन छिमेकी ? हेर्नुहोस यो भिडियो:

आफूले चलाएको मोबाइल कसको नाममा छ, यस्तो छ थाहा पाउँने तरिका
काठमाडौं – तपाई हामी प्रायः सबैसँग मोबाइल छ । तर आफूले प्रयोग गरेकै भरमा त्यो मोवाइल आफ्नै नाममा हुन्छ भन्ने छैन ।

कतिपय मोवाइल अरुबाट पनि लिएर हामीले प्रयोग गरिरहेका हुन्छौ । ती मानिसहरुको नियत नै खराब थिएछ भने त्यसैकारण फसिने सम्भावना पनि उत्तिकै हुन्छ ।

यस्तो अवस्थामा तपाई आफूले चलाइरहेको मोबाइल कसको नाममा छ भन्ने थाहा पाउन यस्ता तरिका अपनाउन सक्नुहुन्छ ।

– मोबाइलको ब्यालेन्स थाहा पाउन *400# डायल गर्नुहोस ।

– आफ्नो मोबाइल नम्बर थाहा पाउन *9# डायल गर्नुहोस ।

– आफ्नो मोबाइल नम्बर कस्को नाममा छ थाहा पाउन *922# डायल गर्नुहोस ।

– कल फरवार्ड गर्न *2198xxxxxxxx (फरवार्ड गर्न चाहेको नं.)# डायल गर्नुहोस ।

– कल फरवार्ड Cancel गर्न ##002# डायल गर्नुहोस ।

– Call Waiting सेवा सुचारु गर्न 43# डायल गर्नुहोस । Call Waiting सेवा Cancel गर्न #43# डायल गर्नुहोस ।

– मोबाइलमा Friends and Family (FNF) सेवा सुरु गर्न पहिलो पटक FNFSUB98XXXXXXXX लेखेर 1415 मा SMS गर्नुहोस र अन्य ४ वटा नम्बर थप
गर्न FNFADD*98XXXXXXXX लेखेर 1415 मा SMS गर्नुहोस ।

– प्रिपेड मोबाइलबाट अर्को नम्बरमा ब्यालेन्स ट्रान्सफर गर्न *422SECURITY CODE98XXXXXXXXRs..# डायल गर्नुहोस ।

– आफ्नो पोस्टपेड मोबाइल तथा ल्याण्डलाइन टेलिफोनको मासिक बिल, बाँकि रकम, अग्रिम रकम आदि हेर्न www.http://gsmbl.ntc.net.np/ मा
login गर्नुहोस ल्यान्डलाइन को लागि AC Number (मासिक महशुल तिरेको बिलमा लेखेको हुन्छ) र मोबाइलको लागि PUK नम्बर राखेर हेर्न सकिन्छ ।

– आफ्नो मोबाइल नम्बरको Security Code प्राप्त गर्न SCODE लेखेर र PUK Code प्राप्त गर्न PUK लेखेर 1415 मा SMS गर्नुहोस। पोस्टपेड मोबाइलमा — ISD सुबिधा थप्न #3310000# डायल गर्नुहोस र सुबिधा हटाउन 3310000# डायल गर्नुहोस ।

– डाटा प्याक तथा भ्वाइस प्याक सम्बन्धि नयाँ Offer थाहा पाउन *1415# डायल गर्नुहोस ।

– Data Pack खरिद गर्न *1415*1# डायल गर्नुहोस र Voice Pack खरिद गर्न *1415*4# डायल गर्नुहोस ।

– बाँकी डाटा र भ्वाइस प्याक थाहा पाउन *1415*5# डायल गर्नुहोस ।

– मोबाइलमा CRBT राख्न *1455# डायल गर्नुहोस र प्राप्त निर्देशन अनुसार गर्नुहोस अथवा CRBT Code छ भने SUB स्पेस CRBT Code लेखेर 1455 मा
SMS गर्नुहोस ।

– मोबाइलमा CRBT हटाउन UNSUB लेखेर 1455 मा SMS गर्नुहोस अथवा *1455# डायल गर्ने * लेखेर पठाउने, अनि 8 लेखेर पठाउने अनि अन्तमा
सुनिश्चित गर्न 1 लेखेर पठाउनुस।

– नमस्ते CREDIT सेवा सुचारु गर्न – आफै हुन्छ र नमस्ते CREDIT सेवा बन्द गर्न STOP लेखेर 1477 मा SMS गर्नुहोस ।

– Missed Call Alert (MCA) सेवा सुचारु गर्न 1400# डायल गर्नुहोस या sub mca लेखेर १४०० मा SMS गर्नुहोस Missed Call Alert (MCA)
सेवा बन्द गर्न unsub mca लेखेर १४०० मा SMS गर्नुहोस । ल्याण्डलाइन टेलिफोनको तिर्नुपर्ने बिल रकम थाहा पाउन CB065XXXXXX (पुरा टे.न.)लेखेर
1415 मा SMS गर्नुहोस Due Amount भनेको तिर्नुपर्ने रकम हो Available Credit भनेको फोन गर्न मिल्ने बाँकी रकम हो

– ADSLको अन्तिम मिति थाहा पाउन VLNTADSL065XXXXXX (पुरा टेलिफोन नम्बर)लेखेर 1415 मा SMS गर्नुहोस । ADSLको ब्यालेन्स थाहा पाउन
BLNTADSL065XXXXXX (पुरा टेलिफोन नम्बर)लेखेर 1415 मा SMS गर्नुहोस ।

– नेपाल टेलिकमको Number Inquiry सेवाको लागि १९७ मा फोन गर्नुहोस । नेपाल टेलिकमको मोबाइल ग्राहक सेवाको लागि १४९८ मा फोन गर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *