दु:खद खबर ! आफ्नो ज्या’नको बा’जी लगाएर, अर्काको देशको रक्षक बनेर, लेबनान पुगेका एक नेपालि सैनिकको नि’धन,

  •  
  •  
  •  
  •  
  •  
  •  

ताजा समाचार । २८ फाल्गुन काठमाडौं :संयुक्त राष्ट्र संघीय शान्ति मिसनअन्तर्गत लेबनानमा एक जना नेपाली सैनिकको मृ-त्यु भएको छ।

लेबनानस्थित युनिफिलले विज्ञप्ति जारी गर्दै मंगलबार एक दुर्घटनामा परी ती शान्ति सैनिकको मृ-त्यु भएको उल्लेख गरेको छ।दक्षिण लेबनानको मेस एज जेबेलस्थित नेपाली क्याम्पमा सामान ओसारपसार गर्दा उनको टाउकोमा चोट लागेको थियो।

उनको मृ-त्युको कारणबारे थप अनुसन्धान भइरहेको युनिफिलले जनाएको छ। युनिफिलका फोर्स कमाण्डर मेजर जनरल स्टेफानो डेल कोलले मृतकको परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्।ती शान्ति सैनिक चार महिनाअघि एक वर्षका लागि लेबनान गएका थिए।

अर्को समाचार बाँकेमा टिपरले ठक्कर दिँदा एक महिलाको ज्यान गयो फागुन २८ काठमाडौं: बाँकेको कोहलपुर नगरपालिका–८ पिपरीचोक नजिकै टिपरको ठक्करबाट एक महिलाको मृ त्यु भएको छ।

स्थानीय झण्डहवागाउँदेखि कोहलपुर–नेपालगञ्ज सडकतर्फ आइरहेको रा१ख २१८८ नंको टिपरले बुधबार बिहान करिब साढे ११ बजे ठक्कर दिँदा साइकलमा सवार कोहलपुर–९ की करिब ४५ वर्षीया रामपति थारूको मृ त्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए।

उनका अनुसार टिपरको ठक्करबाट गम्भीर घाइते थारूलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लैजाँदै गर्दा बाटोमै मृ त्यु भइसकेको थियो।मृ तक तरकारी व्यवसायी रहेको खुलेको छ। ठक्कर दिने टिपर र चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ।

दुर्घटनाको विरोधमा स्थानीयवासीले घटनास्थलमा सडक अवरुद्ध गरेका कारण कोहलपुर–नेपालगञ्ज सडकखण्डमा सवारी आवागमन बन्द छ। दुर्घटनालगत्तै घटनास्थल पुगेर मृतकका श्रीमान् र आफन्तलाई खोजी शान्ति सुरक्षा कायम गर्ने काम भइरहेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *