आमाछोरा बाख्राको खोरमा क’ष्टपूर्ण ! ओछ्याउने केही नभएपछि खाली भूइँमा सुतेर जीबन का’ट्दै

0
9

यासोक बस्तीको बीचमा सानो घर छ । घर छेउछाउ दुर्गन्ध फैलिएको छ । साँघुरो घरको सिकुवामा खाल्डाखुल्डी र फोहोर छ । घरभित्र साँघुरो कोठा छ । एकापट्टि बाख्रा बाँधिएको छ भने अर्कोपट्टि खाना पकाउने चुलो छ । बाख्राको पिसाबले कोठा नै दु’र्गन्धित छ । तर त्यही दु’र्गन्धित कोठामा ८० वर्षीया वृद्धा देवीमाया बुढाथोकी र उनका ५१ वर्षीय छोरा शेरबहादुर बुढाथोकी बस्दै आएका छन् । फोहोर र दु’र्गन्धले देवीमाया लामो समयदेखि बिरामी भएकी छन् । यो कहालीलाग्दो अवस्था पाँचथरको कुम्मायक गाउँपालिका–१ स्थित बुढाथोकी बस्तीको हो ।
जमिनको नाममा खुट्टा टेक्ने ठाउँ नहुँदा पी’डितलाई स्थानीयले आश्रय दिएका छन् । थोत्रा र मैला लुगा लगाएर वर्षौंदेखि त्यही कोठामा जीवन काट्दै आएको परिवार मागेर छाक टार्ने गर्छ । सरकारले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । तर देवीमायाले नागरिकता पाएकी छैनन् । एकातिर नागरिकता नहुँदा राज्यको सुविधाबाट बञ्चित हुनुपरेको पीडा छ भने अर्कोतर्फ पी’डित परिवारले सुकुम्बासी जीवन बिताउँदै छ ।

खाली जमिनमा थो’त्रा कपडा ओढेर रात क’टाउने गरेको पीडित देवीमायाले सुनाइन् । उनी भन्छिन्, ‘खानेकुरा खोज्न छोरो जान्छ । कहिले लिएर आउँछ, कहिले खाली हात फर्किन्छ ।’ खानेकुरा नभएपछि धेरै रात भोकै का’टेको दुःखेसो बुढाथोकीको छ । ओछ्याउने केही नभएपछि खाली भूइँमा सुत्नुपरेको छोरा शेरबहादुरले बताए । आजको ब्लाष्ट दैनिकमा खबर छ ।

त्यसैगारी कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ ।

प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ । यदि तपाईं कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सकिन्छ । त्यसैले सजिलै घरमा बनाउन सकिने प्याजको हेयरप्याकको बारेका जानौं :

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here