छोरीको का’रुणीक वयान : ‘छोरी भएर पनि बाबुको इच्छा पुरा गर्दिनस भन्दै, म माथि चढ्नु भयो’ (भिडियो हेर्नुहोस्)

  •  
  •  
  •  
  •  
  •  
  •  

यस्तो पापी बाउ त कसैको पनि नहोस् । मेरो वुवालाई फाँ’सीको सजाय होस् । म एक दिन वहिनीहरुसंगै सुतेकी थिए । मलाई आफु सुतेको विस्तरामा बोलाउनु भयो । म जान मानिन । बुवाले ज’वर’ज’स्ती तानेर आफ्नो विस्तरामा लैजानुभयो अनि म माथि आउनु भयो आफ्नै बुवावाट वर्षौं देखि करणीको शिकार भएकी छोरीको कारुणीक वयान हो । त्यो दिन आमा घरमा नभएको दिन थियो ।

वुवाले त मलाई धेरै लामो समय देखि यस्तो काम गर्दै आउनु भएको छ । म कति चि’च्याएँ कति रोएँ तर मेरो पीडा बुवाले सुन्दै सुनेनन् । मैले त्यसो भन्दा तँ छोरी भएको के काम भयो, मेरो यति सानो इच्छा पनि पुरा गर्दिनस् भनेर ध’म्की दिए ।

मैले भनेको मानिनस् भने बहिनीहरुले दुख पाउँछन्, सबैको भविष्य विग्रन्छ भनेर भन्नुहुन्थ्यो । मैले पटक पटक आमालाई भन्ने कोशिष गरेकी थिएँ तर भन्न सकिन । तर कान्छी बहिनीले थाहा पाएकी रहिछन् । बहिनीलाई थाहा छ भन्ने कुरा पनि मलाई थाहा थिएन । लामा समय देखि मैले यो पीडित सहेर बसेकी थिए । उनको बोली रोकियो, यति भन्दै गर्दा उनी भक्कानिइन् ।

मैले आफ्नो पीडा बाहिर ल्याउँदा मेरै अंकल अन्टीले पनि गा’ली गर्नुभएको छ । तँ दुनियासंग विग्रिइस अहिले आफ्नो बाउलाई फसाइस् भनेर मलाई नै गा’ली गरेका छन् । उनले रुँदै भनिन् । गाउँ समाजले आफ्नो कुरा विश्वास नगरेका कारण अहिले घरमा बस्न पनि आफुलाई डर भएको बताएकी छन् । पटक पटक बुवाले त्यस्तो काम गरेपछि औ’षधी खान दिने गरेका थिए । त्यो औषधी गर्भ निरोधक औ’षधी थियो । त्यसको डोज धेरै भएका कारण अहिले ति युवतीको स्वास्थ्य अवस्था पनि विग्रिएको छ ।

घरमा मात्र होइन वहाना गरेर घर वाहिर बोलाएर वुवाले होटलमा कोठा लिएर पनि आफु माथि ुत्यस्तो नराम्रो काम गरेको छोरीले बताएकी छन् । उनले आफु जस्तै पीडा परेका अरु किशोरीलाई पनि उनले आग्रह गरेकी छन् । समस्या नलुकाउ खुलेर भन, त्यस्तो कुकर्म गर्नेलाई सजाय दिने काममा अगाडी बढ्न अरुलाई पनि सुझाव दिएकी छन् ।

एक दिन छोरीको स्कूलमा काम छ छोरीलाई पठाइदे त भनेर श्रीमानले भनेपछि आफुले छोरीलाई बाहिर पठाएको कुरा आमाले यस अघि खोलेकी थिइन् । त्यसरी आफु विद्यालयमा जान भनेर जाँदा विद्यालयमा काम थिएन, छोरीले यस अघिको भिडियोमा भनेकी छन्, वुवाको अकेै नियत रहेछ मलाई लिएर होटलमा लैजानु भयो अनि कोठामा त्यस्तै नराम्रो काम गर्नुभयो ।

मैले छोरीलाई करणी गरे मेरो गल्ति भयो, मलाई जेलबाट छुटाउ भन्दै कारागार बाटै श्रीमतीलाई फोन गरे पापी श्रीमानले (भिडियो)

आफ्नै १७ वर्षकी छोरीलाई बारम्बार यौ’न शो’षण गर्ने बुवाले प्रहरी हिरासतवाट आफ्नो श्रीमतीलाई फोन गरेका छन् । उनले आफुले गल्ती स्वीकार गर्दै एक पटक माफि दिन आग्रह सहित बारम्बार श्रीमतीलाई फोन गर्ने गरेका छन् । आफ्नै छोरीलाई करणी गर्ने श्रीमानलाई प्रहरी हिरासतमा पठाएकी श्रीमती अहिले छोरीको न्यायका लागि मिडिया गुहार्दै हिडेकी छन् । आफुले गरेको कर्तुतका कारण प्रहरी हिरासतमा पुगे पछि ति पुरुषले श्रीमतीलाई फोन गरेर फकाइरहेका छन् ।

प्रहरी हिरासतमा बसेका मेरा श्रीमानलाई कसले फोन दिन्छ, मलाई बारम्बार फोन गरेर मलाई भेट्न आइज भनिरहेका छन्, उनले रुँदै भनिन्, गल्ती स्वीकार गरेपछि मात्र म भेट्न जान्छु । उनले श्रीमानले पटक पटक फोन गरेर आफुलाई भेट्नबोलाएका कारण अब के गर्ने भन्ने निर्णय गर्न नसकेको बताएकी छन् । आफुलाई बिवाह गरेर ल्याएपछि पनि बारम्बार सौता ल्याइरहँदा पनि सहेर बसेको बताएकी उनले छोरी माथि गरेको अत्याचार सामु भने नझुक्ने बताएकी छन् । उनले आफ्ना श्रीमान स्थानिय नेता पनि भएको बताएकी छन् ।

मिडियाकर्मीसंग अन्तरवार्ता दिँदै गर्दा पनि उनलाई श्रीमानको फोन आएको थियो । उनले फोनमा तिमीले गरेको त्यो गलत काम स्वीकार गर्ने की नगर्ने भनेर सोधिरहेकी थिइन् । तिमीले स्वीकार गरेपछि मात्र म तिमीलाई भेट्न आउँछु भन्दै थिइन् फोनमा । उनले फोनमा म पापी हुँ, मलाई कारागारमा कुहिने अवस्थामा नराख, अरु छोराछोरीसंग भेट्ने वातावरण बनाइदेउ भन्दै फकाएको उनले बताइन् । मैले गल्ती गरेको छैन भन्दिन तर मलाई एक पटक माफी देउ भन्दै श्रीमतीलाई फकाएका छन् ।

एक्लै दुख गरेर पाँचवटा छोराछोरी हुर्काएकी ति आमालाई आफ्नै श्रीमानले छोरी माथि यस्तो दृष्टि लगाउलान् भन्ने कल्पना पनि गरेकी थिइनन् । आफुलाई माया त कहिल्यै गरेनन् बारम्बार सौता ल्याइरहन्थे यिनी छोराछोरीको अनुहार हेरेर बस्दै आएकी आमा माथि अहिले सहनै नसक्ने पीडा थपिएको छ । उनले त्यसरी आफ्नै छोरी माथि कुदृष्टि लगाउने श्रीमानलाई जन्म कैदको माग राखेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *