फितलो काममा अगि: विजुलीको पोल नसारी धमाधम पिच निर्माण किन ?(तस्विर हेर्नुहोस्)

0
9

खगेन्द्र दाहाल, नेपालगन्ज : बाटो पिच गर्दा के के नियम पालना गर्न पर्छ ? सडकको लम्बाई, चौडाई देखी पिचका लागी प्रयोग गरिने कच्चा पर्दाथ कस्तो प्रयोग गर्ने, कति इन्चको अलकत्रा राख्ने देखि होचो अग्लो इत्यादिको नियम पालना गर्न पर्ने हुन्छ होला ।

त्यसैमा पिच बाटो निर्माण गर्ने स्थानमा अवरोध हुने घर टहरा, खानेपानि पाइप, विजुलीका पोलहरु हटाउनुपर्ने अथवा सार्नु पर्ने हुन्छ । तर अहिले नेपालगन्ज उप महानगरपालिका भित्र निर्माण भैरहेका केहि सडकहरुमा दुर्घटना निम्ताउने गरी निर्माण कम्पनिले विजुलिका पोलहरु नहटाई सडक पिच गर्ने काम गरेको पाइएको छ ।

शहरी विकास तथा भवन डिभिजन इकाइ कार्यालय मार्फत निर्माण गरीरहेको सडकहरुमा कुनै मापदण्ड नपु¥याई पिच निर्माण गरिरहेको पाइएको हो ।

हतारमा निर्माण गरि छिटो कमाउने उदेश्यले निर्माण कम्पनिले अन्दाधुन्ध यसरी सडक निर्माण गर्दा एकै स्थानका झण्डै आधा दर्जन विजुलिका पोलहरुलाई छेउमा नसारी पहिलेकै अवस्थामा पिच गरिदिएका छन ।

विजुलिका पोल हटाउने भनेर बजेट पनि छुट्याइएको हुन्छ । विद्युत प्राधिकरण मार्फत निर्माण कम्पनि ठेकेदारले पोल हटाएर मात्र पिच निर्माणको काम गर्नुपर्नेमा उक्त काम नगरेको पाइएको हो ।

एक आधा दर्जन बढि विजुलीका पोलहरु नहटाएरै पिच गरिएको पाइएको छ । ११ वटा बाटो जसमा १५ किलोमिटर बाटो निर्माणको जिम्ममा पाएको आसिस कुमार श्रेष्ठ जेभि निर्माण कम्पनिले निर्माण गरेको अधिकास बाटोमा केहिन केहि कमजोरी देखिएको हो ।

नेपालगन्जको बेलासपुर देखी खजुरारोड देखी, पासाङ्ग ल्यामु मार्ग, न्युरोड, पुरैना देखी विर्ता जाने बाटोहरु अहिले पिच बनिरहेका छन । जसमा ११ स्थानको बाटोको कुल बजेट ६५ करोड रुपैया रहेको शहरी विकास तथा भवन डिभिजन इकाइ कार्यालयले जनाएको छ ।

विजुलीका पोल हटाउनै पर्छ, पोल छेउमा राख्नै पर्छ अनि मात्र निर्माण कम्पनिलाई पुर्ण रुपमा भुक्तानी दिइने शहरी विकास तथा भवन डिभिजन इकाइ कार्यालयका इन्जिनियर होमनाथ भुसालले बताए ।

विजुलीको पोल हटाइदिन विद्युत कार्यलयलाई परिपत्र गरेपनि हटाउने कुनै वास्ता नगरेको कारण निर्माण कम्पनिले पोल नहटाएरै पिच गरेको हुन सक्ने भन्दै भवन डिभिजन इकाइ कार्यालयका इन्जिनियरले बचाउ समेत गर्न खोजेका छन ।

कार्यालय बाट दिनहु अनुगमनमा कर्मचारी खटाइएको भएपनि पिच हुदाँ सम्म पनि गुणस्तरको बाटो निर्माण हुन नसक्नुलाई अनुगमनमा जाने कर्मचारीको समेत मिलमतो हुनसक्नेमा आसंखा बढेको छ ।

नेपालगन्ज उप महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेलले निर्माण कम्पनिले विजुलीको पोल हटाउनै पर्ने बताएका छन । प्रमुख प्रशासकिय अधिकृत प्याकुरेलले अहिले पोल भित्र पारेर पिच गरेको भएपनि पछि कम्पनिले हटाउनै पर्ने उल्लेख गरे । तल हेर्नुहोस तस्विर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here