दुखद खबर: इटलीमा कोरोनाका कारण एकै दिन २५० जनाको मृ’त्यु

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । युरोपेली देश इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृ’त्यु भएको छ । कोरोनाबाट एकै दिनमा मृ’त्यु भएको यो संख्या हालसम्मकै धेरै हो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार कोरोना भाइरस संक्रमण सुरु भएको चीनपछि इटलीमा डरलाग्दो स्थिति छ ।

हालसम्म इटलीमा कोरोना भाइरस संक्रमणका कारण मृ’त्यु हुनेको संख्या १ हजार २ सय ६६ पुगेको छ । संक्रमितको संख्या १७ हजार ६ सय ६० भन्दा बढी छ ।

डब्लूएचओका अनुसार हालसम्म १ सय २३ वटा देशमा कोरोना भाइरस संक्रमित फेला परेका छन् । विश्वभर १ लाख ३२ हजार ५ सय ३६ जना संक्रमित छन् भने ४ हजार ९ सय ४७ जनाको मृ’त्यु भएको छ ।

रिचार्ज कार्डको नम्बर मेट्टियो नआत्तिनोस् ,यसरि रिचार्ज गर्न सकिन्छ
काठमाडौं – सेवाग्राहीले मोबाइलमा रिजार्ज गर्न खोज्दा नम्बर नै मेटिएर रिचार्ज कार्ड फ्याल्नेसम्मको अवस्थामा पुग्छन् ।

कतिपयचाँही पैसा खेर गयो भन्दै आत्तिन्छन् । तर नेपाल टेलिकमका रिचार्ज कार्डमा अधिकांश नम्बर मेटिए पनि रिचार्ज गर्न मिल्ने भएको छ।

कम्पनीका अनुसार कम्तीमा ६ वटा नम्बर भने हुनुपर्नेछ । ग्राहकले कम्पनीको वेवसाइटबाट आफैंले रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ।

कार्डको पिन नम्बर प्रष्ट नभएमा वा कोरिएमा ग्राहकले कार्डको सिरियल नम्बर, रिचार्ज कार्डमा देखिने पिन नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर वेवसाइटमा उपलब्ध गराउनु पर्नेछ।

कम्पनीको पिन रिकभरीमा क्लिक गर्ने वा सिधै pinrecovery.ntc.np मा लग अन गर्नुपर्छ। रिचार्ज कार्डमा भएका १६ अंकका पिन नम्बर मध्ये कमसेकम ६ वटा अंक देखिने हुनुपर्छ।

कम्पनीका अनुसार देखिने पिन नम्बरलाई कार्डमा लेखिएकै अवस्थामा राखिनुपर्छ । मेटिएको अंकमा * चिन्ह राख्नुपर्छ।

नम्बरको फर्म्याट १२३४५६७८९०१२३४५६ छ र बीचका पिन नम्बर मेटिएको वा नबुझिने छ भने त्यही अनुसार १**४५*७***१२**५८ संरचना बमोजिम राख्नुपर्छ । यो प्रकृया बढीमा १० पटकसम्म प्रयास गर्न सकिन्छ।

कम्पनीका अनुसार १० पटक सम्म गलत तरिकाले रिचार्ज गर्न खोजियो भने वेबसाइटबाट सफल हुने छैन। यस्तो अवस्थामा रिचार्ज कार्ड साट्नका लागि कम्पनीको काउन्टरमै जानुपर्ने हुन्छ। काउन्टरमा गएपछि यसको जाँच गरेर सोही मूल्यको नयाँ रिचार्ज कार्ड दिने व्यवस्था छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *