काठमाडौं । दोस्रो साता सकिनै लाग्दा एकाएक हल्ला फैलियो– ‘चउरमा कार्टुन, कार्टुनमा शिशु।’ केयर बालगृहले कपनस्थित एक चउरमा बेवारिसे शिशु भेटिएको दा’बी गर्दै थियो। यतिबेलासम्म बालगृहकी सञ्चालक पुष्पा अधिकारीले दाता खोज्न थालिसकेकी थिइन्। तर, पासा पल्टियो। दाता खोज्न गरिएको ह’ल्लीख’ल्लीले शिशुकी आमाको मन पोल्यो।
आफू स्वयम्ले जन्माएको सन्तानलाई अ’नाथ भनिरहँदा उनले सहन सकिनन्। अन्ततः ती महिला आफ्नो शिशु फिर्ता लिन केयर बालगृहकी सञ्चालक अधिकारी समक्ष पुगिन् र शिशुको अनुहार देखाएर पैसा कमाउने अधिकारीको योजना वि’फल भयो। अन्नपूर्ण पोष्टमा यो खबर छ ।
ती महिला लकडाउनको समयमा खाडी मुलुकबाट फर्किएकी थिइन्, पेटमा बच्चा बोकेर। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार ती महिना खाडी मुलुकमै करणीमा परेकी थिइन्। नेपाल फर्किएपछि उनले उक्त शिशुलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा जन्म दिइन्। विदेशबाट फर्किएपछि जन्मिएको शिशुलाई ती महिलाले घर लग्न सकिनन्।
किनकि घरमा उनका श्रीमान् छन्, छोराछोरी छन्। समाजको डरकै कारण ती महिलाले आफ्नो शिशुलाई बालगृहकी सञ्चालक अधिकारीको जिम्मा लगाएको एसएसपी ज्ञवालीले जानकारी दिए। ‘आफ्नो पेटमा बच्चा भएको कुरा ती महिलाले परिवारसँग लुकाएकी रहिछन्, नेपाल आएपछि बच्च जन्मिएछ, घरमा लग्न सकिनछिन त्यसपछि बालगृहमा राख्ने निर्णयमा पुगेकी रहिछन्’,
उनले भने, ‘पालनपोषण गर्न भनेर दिएको आफ्नो बच्चालाई चउरमा भेटिएको भन्ने खालका समाचार आएपछि उनी शिशु माग्न बालगृहमा पुगेकी रहिछन्।’ सेवाको कर्ममा लागेको व्यक्तिले शिशुलाई देखाएर पैसा कमाउने कुरा नैतिक रूपमा सही नभएको एसएसपी ज्ञवालीले बताए। उनका अनुसार बालगृह सञ्चालक अधिकारीले उक्त शिशुलाई गैरका’नुनी रूपमा हासिल गरेको भए का’नुनी का’रबाही अगाडि बढ्छ।