काठमाडौं। समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना भा’इरसको प्र’कोप फैलिएका कारण विद्यालययहरु तत्काल ब’न्द गर्न सुझाब दिएका छन्। भारतमा कोरोना फैलिएका भन्दै उनले खुला सी’मा भएको नेपालले उच्च स’तर्कता अपनाउनु पर्नेमा हे’लचक्र्याइँ बढ्दै गएको बताएका छन्। भिडबाट कोरोना छिटो फैलिने भएका कारण विद्यालयहरु तत्काल बन्द गर्नुपर्नेमा कतिपय विद्यालय परीक्षाको बहानामा सञ्चालन हुँदै आएको उनकाे भनाइ छ। सरकारले पनि परीक्षा छिटो गर्न आग्रह गर्दै विद्यालय बन्द गर्न कुनै पहल गरेको छैन।
शनिबार सामाजिक सञ्जाल टिवटरमार्फत भट्टराईले भनेका छन्, ‘कोरोना भा’इरसको प्र’कोप विश्वभरि फैलिरहेको र खुला सी’माना भएको भारतमा झन् तीव्र रूपमा फैलिरहेको स्थितिमा हामीले चाहिँ स्कुल केही दिन/हप्ता ब’न्द गर्न किन हे’लचक्र्याइँ गरेको हो? छोराछोरीको जीवन प्रमुख कि परीक्षा? परीक्षा केही हप्ता पर सार्दा कुन आकाश खस्छ? सत्ताधारी कमरेडहरूको ध्यान जाला?’
शनिबार बिहानसम्म भारतमा कोरनाको सं’क्र’मणबाट दुई जनाको मृ’त्यु भएको छ। नेपालमा अहिलेसम्म एक जनामा मात्र यो भा’इरसको सं’क्रमण भेटिएको प्रमाणित भएको र उनी उपचारपछि निको भएर घर फर्किसकेका छन्। खुला सी’माका कारण नेपाल–भारत आवतजावत बढी हुने भएका कारण पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सावधानी अपनाउन आग्रह गरेका हुन्।
कोरोनाभइरसको प्रकोप विश्वभरि फैलिरहेको र खुला सीमाना भएको भारतमा झन् तीब्र रूपमा फैलिरहेको स्थितिमा हामीले चाहिं स्कूल केही दिन/हप्ता बन्द गर्न किन हेलचक्र्याइँ गरेको हो?छोराछोरीको जीवन प्रमुख कि परीक्षा? परीक्षा केही हप्ता पर सार्दा कुन आकाश खस्छ?सत्ताधारी कमरेडहरूको ध्यान जाला?
— Baburam Bhattarai (@brb1954) March 14, 2020
त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।
उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।