५० लाखको भोट खै ? भन्दै ख.ब.पु का फ्यानहरुले गरे बिरोध,कमेडी च्यम्पेनमा भयो विवाद (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौँ । रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि हिमेश पन्तले जितेका छन् । शनिबार काठमाडौंमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा हिमेश उत्कृष्ट घोषित भएका हुन् । उनले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका छन् ।

सम्पन्न फाइनलमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले विजेता घोषणा गरेका थिए। फाइनलिस्टमा सुमन कोइराला र खड्गबहादुर पुनमगर पनि थिए।

‘कमेडी च्याम्पियन’को निर्णायक मण्डलमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए।

देश तथा विदेशमा रहेका नेपालीले गरेको भोटका आधारमा नै हिमेश पहिलो कमेडी च्याम्पिनय चुनिएका हुन् । विजेता भएसँगै हिमेशले २५ लाख र एउटा गाडी उपहार पाएका छन् । टप ३ मा पर्न सफल तीन प्रतियोगीले कमेडी च्याम्पियनको टिमसँग वर्ल्ड टुरको अवसर पाएका छन् ।

विशाल भण्डारीको निर्देशनमा तयार भएको यस रियालिटी शोमा विशाल, केकी अधिकारी र रीमा विश्वकर्मा लगायतको लगानी रहेको छ ।

यसैबीच खबपु समर्थकले भोटको नतिजा सार्वजनिक गर्न माग गर्दै नाराबाजि गरेका छन् । नतिजा सार्वजनिक भएलगत्तै कार्यक्रमस्थल बाहिर विरोध गरेका हुन् । उनीहरुले खबपुले धेरै भोट ल्याएर जित्नुपर्ने दाबी गरेका छन् । तर आयोजकले हिमशको भोट बढि आएकाले उहीँ बिजेता भएको स्पस्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *