भारतको दा’दागिरी: भारतले नेपाली भूमिमा गाडिएको सीमास्तम्भ तो’डफो’ड (सिएर गर्नुहोस्)

0
13

नेपाली भूमिमा नेपाल–भारत सहायक सीमास्तम्भ गाडिएको भन्दै यहाँका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले शनिबार कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा सीमास्तम्भ तो’डफो’ड गरेका छन् ।

सशस्त्र प्रहरी बल ३५ नं गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले केही दिनअघि मात्रै नेपाल–भारत संयुक्त सर्भे टोलीले बेल्डाँडी गाउँपालिका–३ वैवाहमा सहायक सीमास्तम्भ ७८३÷४ निर्माण गरेको जानकारी दिनुभयो । “शनिबार काँग्रेस कार्यकर्ताले नेपाली भूमिमा उक्त सीमास्तम्भ गा’डिएको भन्दै तो’डफो’ड गरेछन् ।” उहाँले भन्नुभयो, “सो सीमास्तम्भ जोर–बिजोरका आधारमा नेपाली पक्षले नै बिजोर भएकाले निर्माण गरेका थिए ।”

गणपति साहुले दक्षिण क्षेत्रमा केही दिनयता सीमा वि’वादको विषय छलफलको विषय भन्दा सर्भे टोलीलाई काम गर्न पनि असहज भइरहेको बताउनुभयो । तत्कालीन संविधानसभाका पूर्व सदस्य बहादुरसिंह थापा, दिवान विष्ट र काँग्रेस जिल्ला कार्यसमितिका पदाधीकारी सीमास्तम्भ गा’डिएको क्षेत्रमा पुगेका थिए ।

केही महिनाअघि सीमावर्ती भारतीय बजार बनबासामा बसेको संयुक्त सीमा सर्भे टोलीले कैलालीको खङ्ग्रौलाबाट कञ्चनपुरको ब्रह्मदेवसम्मको सीमास्तम्भ पुनःनिर्माणदेखि व्यवस्थापन गर्न बैठक डाकेको थियो ।

यसअघि विगतमा कुनैपनि विवाद नदेखिएका क्षेत्रहरुमा सर्भे टोलीले काम गर्ने क्रममा विवाद देखिन थालेको हो। नेपाल सरकारले उपलब्ध गराएको दर्ता जग्गा समेत भारतमा पर्ने गरी सीमा सर्भे टोलीले सीमा स्तम्भ राख्न थालेपछि सीमा क्षेत्रका नागरिक चिन्तित र आक्रोशित बनेका छन्।

सीमा ब्यबस्थापनका नाममा गरिएको नक्सांकन र पिलर गाड्ने कार्यबाट विवादित बनेको बेल्डाँडी गाउँपालिका र बेलौरी नगरपालिकास्थित सीमा क्षेत्रमा शनिबार नेपाली कांग्रेस कञ्चनपुरले पनि स्थलगत अनुगमन गरेको छ।

कांग्रेसका नेता एवं पूर्वसांसदद्वय दिवान सिंह बिष्ट र बहादुर सिंह थापा, नेपाली कांग्रेस कञ्चनपुरका सभापति हरि प्रसाद बोहरा सहितका नेताकार्यकर्ता सम्मिलित टोलिले उक्त क्षेत्रको अनुगमन गरेको छ।

सीमा स्तम्भ तोडफोड गरिएपछि उक्त क्षेत्रको सुरक्षा सतर्कता बढाइएको छ। त्यस्तै, बेलौरी नगरपालिका वडा नम्बर १० भुडामा सीमा स्तम्भ राख्न नेपाली भूमिमा २०५२ सालमा निर्माण सम्पन्न भएको महाकाली सिंचाइ परियोजनाको नहर किनारमै खनिएका खाल्डा समेत उनीहरुले पुरिदिएका छन्।

सीमा स्तम्भ तोडफोड गरिएपछि प्रतिकृया दिँदै नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद तथा संविधान सभा सदस्य दिवान सिंह बिष्टले वर्तमान कम्युनिष्ट सरकारले सीमा विवादप्रति चाँसो नदिएकोले सीमा स्तम्भ भत्काइएको बताए। उनले सीमा स्तम्भ भत्काउने कार्य नेपाली कांग्रेसले नभई सोही स्थानका नागरिकले स्वतस्फुर्त रुपमा गरेको उल्लेख गर्दै उक्त कार्यप्रति समर्थन जनाए। उनले सीमाको रक्षा गर्ने जिम्मेवारी सरकारको भएपनि सत्तारुढ दलका नेताकार्यकर्ताले सीमा सर्भे टोलीलाई काम गर्न अवरोध गर्ने र त्रसित पार्ने काम गरेको आरोप पनि लगाए। नेता बिष्टले सीमा विवादका विषयमा कांग्रेसले संघर्षका कार्यक्रम गर्ने चेतावनी पनि दिएका छन्।

यसैबीच, बेलौरी नगरपालिका वडा नम्बर ८ मा पर्ने खप्टि पुलदेखि हुलाकी सडकहुँदै पुरानो ३८ नम्बर सीमा स्तम्भ सम्मको भुभाग भारतले आफ्नो भएको दाबी गर्दै आएको छ। भारतीय पक्षले बेलाबेलामा हुलाकी सडकखण्ड निर्माणको काममा समेत अवरोध सृजना गर्दै आएको छ।

ईँटा उद्योगी हरि चन्द ठकुरीका अनुसार तत्कालिन ३८ नम्बर पिलरको आधार स्तम्भलाई नेपाल सरकारका तर्फबाट सुदर्शन धामीको नेतृत्वमा खटिएको सीमा सर्भे टोलीले सिमा स्तम्भ नै ठोकुवा गरेपछि विवाद झन चुलिएको हो। विगतमा सीमा स्तम्भ खोला पारी रहेको र त्यो सीमा स्तम्भ खोलाले पुरिएपछि यो आधार स्तम्भका नाममा सारिएको उनको दाबी रहेको छ।

बेलौरी नगरपालिका १० भुडामा नेपाल सरकारले प्रदान गरेको जमिनको लालपुर्जा नागरिकको हातमा छ र हालसम्म उक्त जमिन नेपाली नागरिकले भोगचलन गर्दै आएका पनि छन्। यद्यपी साविकको सीमा मानिएको क्षेत्र चौधर नदि भन्दा भित्र नेपाली भुमि (नहरसम्म) मा सीमा सर्भे टोलीले सीमा स्तम्भ निर्माण गर्न थालेपछि आफुहरुको दर्ता जग्गा भारतमा पार्न खोजेको भन्दै स्थानीय नागरिकले अबरोध सृजना गरेका छन्।

स्थानीय नागरिकहरुले त सर्भे टोलीले भारतीय पक्षबाट ठूलो धनराशी घुस खाएर देशको भूमि बेच्ने षडयन्त्र गरेको सम्मका आरोप लगाउँदै आएका छन्। अहिले कञ्चनपुरको दक्षिणी क्षेत्रमा पुनर्वासको प्याराताल देखि बेलडाँडीको झिलमिलासम्म ठाउँठाउँमा सीमा विवाद देखिन्छ। सोही समस्या समाधानका लागि सीमा सर्भे टोली खटाइएको भएपनि विवाद झन बढ्दै गएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here