धनुषामा घरेलु र’क्सि खा’एर निधन हुनेको संख्या १६ पुग्यो, गाउँ शो’कमा

  •  
  •  
  •  
  •  
  •  
  •  

जनकपुरधाम, २ चैत । होलीको अवसरमा रमाइलो गर्न भन्दै धनुषामा घरेलु म दि रा से वन गर्दा ज्यान जानेको संख्या १६ पुगेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ मुसहर बस्तीमा एक साताको अवधिमा १६ जनाको ज्यान गएको हो ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका ७ मुसहरी टोलका २६ वर्षीय जितेन्द्र सदाको आइतबार बिहान निधन भएपछि यो संख्या १६ पुगेको हो । शुक्रबार राति र शनिबार विहान गरी थप तीन जनाको निधन भएको थियो । यसअघि क्षिरेश्वरनाथ नगरपालिकामा एक साताको अवधिमा १२ जनाले ज्यान गुमाइसकेका छन् ।

शुक्रबार राति ज्यान गुमाउनेहरुमा बनारसी सदा र मिथिला सदा छन् । शनिबार विहान झगरु सदाको ज्यान गएको प्रहरीले जनाएको छ । यी सबैको उमेर ५० वर्ष हाराहारी रहेको स्थानीयले बताएका छन् ।

यसअघि क्षिरेश्वरनाथ नगरपालिका वडानम्बर २ रमदैयामा गत बिहीबार र शुक्रबार आठ जनाको वि शा क्त घ रेलु म दि रा से वन का कारण निधन भएको थियो । एक जना भे न्टिले टरमा उपचारत छन् भने अन्य पाँच जनाको सामान्य अवस्थामा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार उपचारका क्रममा स्थानीय इन्द्रजीत महरा, शत्रुधन मण्डल र माउसराम यादवको शुक्रबार निधन भएको हो। यसअघि गत बुधबार र बिहीबार गरी घ रेलु र क्सी पिउँदा स्थानीय ४० वर्षीय ब्रमहेव यादव, ३५ वर्षीय विलास मण्डल, ६० वर्षीय गुदरी महरा, रामनारायण महरा र धनुषाकै रूपैठा घर भई ससुराली घरमा बस्ने गरेका राजु महरासहित ५ जनाको निधन भएको थियो। यस्तै दुई साताअघि रमदैया गाउँकै बस्तीमा घ रेलु म दि रा पि उँदा निरश यादव, भुटन सदा, दशै महरा र विजय सदाको निधन भएको थियो।

घ रेलु म दिरा खा एर १४ जनाको ज्यान गएपछि प्रहरीले मदिरा उत्पादन गर्ने ७ जनालाई प क्रा उ गरेको छ । प्रहरीका अनुसार स्थानीय रमानन्द साह, तारा पट्टीबालि भनिने छठियादेवी मण्डल, धुरण यादव, जगतकुमार यादव, शीतलदेवी यादव, महोतरी भंगहा नगरपालिका(३ का जगतनारायण मण्डल, धनुषा लक्ष्मिनियाँ गाउँपालिका(६ बगेवाका नवीन यादवलाई प क्राउ गरिएको हो। अझै १५ जनाको उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *