आफै अफ्ठेरो स्थितिमा हुँदाहुँदै कोरो’ना सं’क्रमण रोक्न इटलीलाई चीनले पठायो ठुलो सहयोग

0
20

यूरोपमा महामारीको रुपमा फैलँदै गरेको कोरोना भा’इरस नियन्त्रणका लागि चीनले इटलीलाई मास्क लगायत मेडिकल सामग्री पठाएको छ । चीनले यस्ता सामग्री भरेर पठाएको जहाज इटली पुगिसकेको बताइएको छ । चीनबाट सुरु भएको कोरोना भा’इरसको सं’क्रमणले सिंगो विश्वभर म’हामारीको रुप लिइसकेको छ । यद्यपि चीनले अब सं’क्रमणको उत्कर्ष रोकिएको जनाएको छ । तर इटली चीनपछि बढी कोरोना प्रभावित देशको रुपमा चिनिएको छ । जहाँ करोडौं मानिसलाई सरकारले आइसोलेसनमा बस्न आग्रह गरेको छ ।

बिहीबार चीनले स्वास्थ्य सामग्रीसँगै ९ सदस्यीय स्वास्थ्य टोली समेत पठाएको छ । उनीहरुले चिनियाँ रेडक्रसको सहायतामा ३० टन उपकरण तथा स्वास्थ्य सामग्री इटली लगेका हुन् ।
त्यस्तै वेलायत सरकारले ७० वर्षभन्दा बढी उमेरका नागरिकहरुलाई आगामी चार महिनासम्म घर बाहिर ननिस्कन आग्रह गरेको छ। जेष्ठ नागरिकहरुमा कोरोना भा’इरस (काेभिड–१९) को जो’खिम बढी रहेको भन्दै सरकारले सम्भावित घर वा केयर होममा सेल्फ क्वारेन्टाइनमा रहन आग्रह गरेको हो।

वेलायतमा कोरोनाको सं’क्रमणबाट ज्या’न गु’माउनेको संख्या दुई दिनमै दोब्बरले बढेपछि सरकारले यस्ता निर्णय गरेको वेलायती सञ्चार माध्यमले जनाएका छन्। बेलायतमा शनिबार मात्रै १० जनाले कारोना भा’इरसको सं’क्रमणबाट ज्या’न गु’माएका थिए। हाल बेलायतमा कोरोनाबाट ज्या’न गु’माउनेको संख्या २१ पुगेको छ भने १ हजार १ सय ४० जना कोरोनाबाट सं’क्रमित बनेका छन्।

चीनको वुहानबाट सुरु भएको कोरोना भा’इरसको प्रकोपले यतिबेला विश्वव्यापी म’हामारीको रुप लिएको छ। जसबाट संसारभर ५ हजार ८ सयभन्दा बढीको नि’धन भएको छ भने १ लाख ५७ हजारभन्दा बढी यसबाट सं’क्रमित भएको पुष्टि भएको छ। पछिल्लो समय चीनमा कोरोनाको प्रभाव कम हुँदै गएको भएपनि युरोपमा भने भयावह रुपमा कोरोना फैलिरहेको छ।

त्यसैगारी राष्ट्रिय परिचयपत्र वितरणको कामलाई थप प्रभावकारी बनाइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रममा परिचयपत्र वितरण कार्यलाई वडा तहसम्म पु¥याउने जानकारी दिइयो ।

चितवन, ललितपुर, रसुवा, तनहुँ, कञ्चनपुर, जुम्ला र सप्तरीमा सो कार्यक्रम सञ्चालनमा आउँदैछ । चितवनका ९८ वडा मार्फत परिचयपत्रको फारम भर्ने काम शुरु हुन लागेको जनाइएको छ । यसका लागि ११७ कर्मचारी नियुक्तिको प्रक्रियामा रहेका छन् ।

ती कर्मचारीलाई २३ वटा समूहमा विभाजन गरी प्रत्येक पालिकाका वडामा पठाइने छ । दुई वर्षमा राष्ट्रिय परिचयपत्र बनाई सक्ने उद्देश्यका साथ सरकारले काम शुरु गरेको हो । पहिलो चरणमा छनोट भएका १५ जिल्लामध्ये सात जिल्लामा काम प्रभावकारी बनाउन लागिएको विभागका निर्देशक शिवराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार व्यक्तिको सबै विवरण लिई परिचयपत्रमा राखिने छ । व्यक्तिगत विवरण राख्न सहज हुने भएकाले परिचय पत्र बनाउन लागिएको हो । नागरिकताका आधारमा विवरण सङ्कलन गर्ने भएकाले बाह्य जिल्लाको नागरिकताको हकमा स्थानीय तहको सिफारिसका आधारमा विवरण भरिने विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here