काठमाण्डौ – कोरोना’भाइरसको संक्र’मण १ सय ५७ मुलुकमा फैलिएको छ ।
१ लाख ६९ हजार भन्दा बढी मानिसमा यसको संक्र’मण देखिदा ज्यान गुमाउनेको संख्या ६५ सय १५ पुगेको छ ।संक्र’मित भएकामध्ये ७७ हजार ४ सय ३६ जना ठीक भएर घर फर्किएका छन् । उपचारारत ८५ हजार ४ सय ९३ जनामध्ये ५ हजार ९ सय २१ को अवस्था गम्भीर रहेकाले मृत’कको संख्या बढ्न सक्ने स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
कोरोनाको सबैभन्दा बढी चपेटामा परेको चीन’मा पछिल्लो २४ घण्टामा १४ जनाको मृ’त्यु भएसँगै त्यहाँ ज्यान गुमाउनेको संख्या ३२ सय १३ पुगेको छ ।
एक हप्ता यता नयाँ संक्रमण अत्यन्तै कम देखिएको चीनमा थप १४ जनामा कोरो’नाको संक्र’मण देखिएको छ ।
चीनमा संक्र’मण देखिएका ८० हजार ८ सय ५८ जनामध्ये ६७ हजार ७ सय ५२ जना उपचारपछि घर फर्किएका छन् ।
युरोपेली मुलुकलाई केन्द्र’विन्दु बनाएर फैलिरहेको कोरो’नाको संक्रमणले इटाली, स्पेन, फ्रान्स लगायतका मुलुकको जनजीवन तहसनहस बनाएको छ ।
संक्र’मण रोक्न सीमा नाका बन्ददेखि मानिसहरुलाई घरबाहिर निस्कन नदिदा पनि ती देशहरुमा को’रोना’भाइरसको संक्र’मण फैलने क्रम रोकिएको छैन ।
इटालीमा कोरो’नाभाइरसको संक्रमणबाट एकै दिन ३ सय ६८ जनाको मृ’त्यु भएको छ । पछिल्लो २४ घण्टाभित्र ३ सय ६८ को मृ’त्यु भएपछि इटालीमा ज्यान गुमाउनेको संख्या १८ सय ९ पुगेको छ ।
थप ३५ सय ९० जनामा संक्र’मण देखिएपछि संक्र’मित हुनेको संख्या २४ हजार ७४७ पुगेको छ । उपचार गराइरहेका २० हजार ६ सय ३ जनामध्ये १६ सय ७२ जनाको अवस्था गम्भीर रहेको छ।
संक्रमण व्याप्त भएपछि इटालीमा आज सोमबारदेखि देशव्यापी ‘लकडाउन’ लागु गरिएको छ । इटालीले ‘लकडाउन’ गरिरहँदा स्पेन र फ्रान्सले पनि प्रतिबन्ध लगाइसकेका छन् तर पनि त्यहाँ संक्रमण फैलन छाडेको छैन ।
स्पेनमा थप ९६ जना संक्रमितको मृ’त्यु भएपछि ज्यान गुमाउनेको संख्या २ सय ९२ पुगेको छ । ७ हजार ८ सय ४५ जनामा संक्र’मण भएको छ।
यस्तै फ्रान्समा १२७ जनाको मृ’त्यु भएको छ भने ५४ सय २३ जना संक्र’मित भएका छन् । फ्रान्सका अधिकांश क्याफे, रेस्टुरेन्ट, चलचित्र घर तथा पसलहरु बन्द भइसकेका छन् ।
सङ्क्रमणबाट बेलायतमा पछिल्लो २४ घण्टामा थप १४ जनाको मृ’त्यु भएपछि ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ । १३ सय ११ जना मानिस संक्र’मित भएका छन् ।
कोरो’नाभाइरसका कारण नेदरल्याण्डमा २०, स्विटजरल्याण्डमा १४ जना, जर्मनीमा ११, बेल्जियममा ४, नर्वे तथा स्विडेमा ३/३ जनाको मृ’त्यु भएको छ ।
एसियाली मुलुक इरान र दक्षिण कोरिया पनि कोरोनाभाइरसको चपेटामा परेका छन् । इरानमा ७ सय २४ जनाको मृ’त्यु भएको छ त्यहाँ १३ हजार भन्दा बढीमा संक्रमण देखिएको छ ।
दक्षिण कोरियामा ७५ जनाको मृ’त्यु भएको छ । संक्रमित हुनेको संख्या ८ हजार १ सय ६२ छ ।