१०३ वर्षीय वृद्ध र २७ वर्षीया युवतीबिच विवाह

0
23

इन्डोनेसियामा बस्दै आएका १ सय ३ वर्षीय पुआङ कट्टेले करिब ७६ वर्ष कान्छी अर्थात् २७ वर्षीया महिलासँग विवाह गरेर विश्वभरिमा चर्चाको विषय भएका छन् । सोसल मिडियामा उनको तस्बिर व्यापक भाइरल भइरहेको छ ।

मिडियाका अनुसार पुआङ एक डच कर्नेल हुन् । उनले १९४५–१९४९ को लडाइँमा हिस्सा लिएका थिए । दुलही इन्डो अलंगका एक नातेदारले दुलाहाको उमेर कति थियो भन्ने आपूmलाई थाहा नभएको बताएका छन् । तर, दुलाहाको उमेर १ सय वर्ष नाघिसकेको भन्ने उनलाई थाहा थियो ।

विवाहपछि जब दुलाहा–दुलहीको उमेरको बारेमा खुलासा भयो, तब सबै अचम्मित भए । दुलाहा बनेको पुआङले केटी पक्षलाई दाइजो समेत दिएका थिए । उनले ४० हजार रुपैयाँ र एउटा सुनको औंठी दिएर महिलासँग विवाह गरेका थिए ।

लिन्टास आई न्युजका अनुसार वृद्ध पुआङको महिलासँग महिलाले आफ्नो ब्वाइफ्रेन्डसँग ब्रेकअप गरेपछि भेट भएको थियो । उक्त समयमा केटाले महिलालाई धोका दिएको थियो ।

यसपछि दुवैबीच सामीप्यता बढ्यो र शारीरिक सम्बन्ध पनि भयो । महिलाले आफु गर्भवती भएको पाइन् । यसपछि उनले विवाह गर्ने पैmसला गरिन् ।

यो घटना हेरेर तपाईंको मनमा जिजुबाउको उमेरको मानिस पनि पिता बन्न सक्छ भन्ने जिज्ञासा आयो भने यसको उत्तर हो भन्ने आउँछ । १ सय ३ वर्षीय पुआङ हाल नजन्मिएको बच्चाको पिता भएका छन् ।

स्थानीय मिडियाका अनुसार पुआङको नयाँ पत्नीको यो दोस्रो विवाह हो । उनले आफ्नो पतिसँग सम्बन्ध–विच्छेद पनि गरिसकेकी थिइन् । किनकि उनको पहिलो पतिले उनलाई अपमान गर्थे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here