२७ वर्षीया शिल्पीको दुध बेचेर करोडौ आम्दानी !

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । गरे के हुँदैन ? माटोमा सुन फलाउन सकिन्छ । यस्तै एक युवतीको कहानी बाहिर आएको छ । एक २७ वर्षीया युवतीले दुध बेचेर करोडौ कमाउने गरेकी छिन् । शिल्पी सिन्हा २०१२ मा झारखन्डको डाल्टनगञ्जबाट अध्ययन गर्न बेङ्गलुरू आइन् । त्यहाँ उनले शुद्ध गाईको दुध पाउन धेरै क’ठिनाइहरूको सामना गर्नु परेको थियो ।यहींबाट शिल्पीले दुध व्यवसाय गर्ने निर्णय गरिन् । तर महिला र कम्पनीको एक मात्र संस्थापकको रूपमा दुग्ध क्षेत्रमा काम गर्न सजिलो थिएन ।

भाषाको कुरा गर्दा न कन्नड आउँथ्यो थियो न त तामिल नै आउँथ्यो । यद्यपि उनी किसानहरू कहाँ गएर गाई हेरचाहबारे जानकारी दिने गर्न थालिन् । सुरुमा दुध आपूर्ति गर्ने कर्मचारी थिएनन्, बिहान तीन बजे खेतमा जानु पर्थ्यो । उनले सुरक्षाको लागि च’क्कु र काली मिर्च स्प्रे बोकेकी थिइन् ।

ग्राहकको संख्या ५०० पुग्ने बित्तिकै शिल्पीले ६ जनवरी २०१८ मा ११,००० रुपैयाँको प्रारम्भिक कोषबाट मिल्क इन्डिया कम्पनी सुरु गरिन् । पहिलो दुई बर्षमा कारोबार एक करोड रूपैयाँ भन्दा माथि पुगेको छ । शिल्पी भन्छिन्, ‘कम्पनीले ६२ रुपैयाँ लिटरमा गाईको कच्चा दूध प्रस्ताव गर्दछ ।’ उनका अनुसार यस दूध पिउँदा बच्चाहरूको हड्डी बलियो हुन्छ र यसले क्याल्सियम बढाउन पनि मद्दत गर्दछ । त्यसकारण, उनीहरूको ध्यान एक देखि नौ वर्षका बच्चाहरूमा मात्र हुन्छ । यसलाई गुणस्तरीय बनाउन कम्पनीले गाईको सोमेटिक कोषहरू गणना गर्न मेसिन प्रयोग गर्दछ । उनका अनुसार जुन दुधको कम सोमाटिक सेल हुन्छ त्यौ नै स्वस्थ दुध हो ।

शिल्पी भन्छिन्, ‘कुनै पनि आदेश स्वीकार गर्नु अघि आमालाई उनको बच्चाको उमेरको बारेमा सोधिन्छ । यदि बच्चा एक बर्ष भन्दा कम उमेरको छ भने, डेलिभरी दिइदैन ।’ शिल्पाका अनुसार एक पटक उनले किसानहरूले रेष्टुरेन्टबाट फालेको फोहोर गाईलाई खुवाइरहेको देखिन् । ति कृषकहरुले गाईलाई घाँसको सट्टा अरु थोक नै दिइरहेका थिए । उनका अनुसार फोहोर खाएर हुर्केको गाईको दुध कहिल्यै स्वस्थ हुँदैन ।

यसपछि उनले सम्पूर्ण किसानहरूलाई दुधको बारेमा पुरै जानकारी दिइन् । फोहोर ख्वाउँदा आउँने दुधले बच्चाहरूलाई कसरी हानी गर्छ भन्ने कुराको पनि उनले जानकारी दिइन् । यसका साथै उनले उनीहरूलाई स्वस्थ दुधको बदलामा अझ राम्रो मूल्य दिने वचन दिएकी छिन् । २७ वर्षीया युवतीको कथा कस्तो लाग्यो मन पर्यो भने सक्दो सेयर गर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *