कोरोना नि’य’न्त्रण पछि चीनले सोध्यो, ‘नेपाललाई कस्तो सहयोग चाहिन्छ, मास्क र औ’षधीसहित मेडिकल टिम पठाऊन तयार छौं’

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ४ चैत । भखैरै कोरोना भाइरसवाट जुधेको चीनले अब छिमेकी मुलुकहरुलाई कोरोना वि रु द्ध को ल डा इमा सहयोग गर्ने नीति लिएको छ । चीनमा कोरोना नि य न्त्र णमा आइसकेको छ । चीनको वुहान क्षेत्रवाट सुरु भएको कोरोना अहिले विश्वका अन्य मुलुकमा फैलिदै गएको छ । करिब डेढ महिनामै कोरोना नि यन्त्र ण गरेको चीनले आफुहरुको ज्ञान र प्रविधिलाई अन्य मुलुकमा बाँड्न चाहेको बताएको छ । सोही नीति अनुरुप कोरोनाको उच्च जो खि ममा रहेको नेपाललाई पनि चीनले औपचारी पत्र मार्फत सहयोगका बारेमा सोधेको छ ।

चिनियाँ दूतावासमार्फत चीनले नेपाल सरकारलाई कोरोनाको सम्भावित प्रभावितवाट बच्न चाहिने आवश्यकताको सूची पठाउन आग्रह गरेको छ । कोरोनाको सम्भावित ख त रा नेपालमा रहेको र त्यसले नेपालको अर्थतन्त्रलाई प्रभाव पार्ने भन्दै चीनले नेपालले आवश्यकता महशुष गरे जस्तो सुकै सहयोग गर्न चाहेको उल्लेख गरेको छ । चीनले नेपाल लगायत केही राष्ट्रलाई सहायता बढाउने नीति अनुरुप नेपालको आवश्यकता के हो भनेर सोधेको हो ।

चीनले नेपाललाई पत्र पठाउँदै भनेको छ, नेपाललाई उर्जामा सहयोग चाहिए जस्तै कोरोनाको सम्भावित ख त रावाट बचाउन कस्तो सहयोग चाहिएको छ रु नेपाललाई हामीले मास्क र अन्य मेडिकल सप्लाइजहरु सहितको मेडिकल टिम पठाउन पनि तयार छौं । चीनले नेपालमा पहिलो पर्यटकका रुपमा भ्रमण गर्न चाहेको पनि उल्लेख गरेको छ । नेपालमा कोरोना अन्त्य भएसंगै चीनवाट पहिलो भ्रमण गराउन चाहन्छौं पत्रमा भनिएको छ । त्यस्तै उसले चीनले नेपालका विकास परियोजनाहरुमा तिब्रता दिइने समेत बताएको छ ।

कोरोना रोग रोकथाम तथा नि य न्त्र ण उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले चीनसंग सहयोगका विषयमा छलफल भइरहेको बताएका छन् । उनले चीन र भारत दुवैतिरबाट सहयोगको प्रस्ताव आएको पनि बताए । उनले दुवै छिमेकी राष्ट्रवाट सहयोग लिएर कोरोना वि रु द्ध ल ड्ने प्रष्ट पारेका छन् । नेपालले चीनलाई कोरोना वि रु द्ध लड्न १ लाख थाम मास्क पठाएर ऐक्यवद्धता जनाएको थियो । नेपालमा भने अहिले सम्म कोरोना भएको पुष्टि भएको छैन । चीनवाट फर्किएका एक जनामा कोरोना देखिएको थियो तर उनी अहिले निको भएर घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *