ओलीलाई भेटेर फर्किएलगत्तै प्रचण्डले किन बोलाएर हाइकमाण्ड बैठक ? यस्तो छ कारण

0
12

काठमाडौं । कोरोना भा’इरसको सं’क्रमण उच्च भएपछि १५ दिनयता राजनीतिक गतिविधि ठप्प प्रायः छन् । राजनीतिक दलका भेला, सभा तथा प्रशिक्षण कार्यक्रम समेत स्थगित भइरहँदा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आजका लागि सचिवालय बैठक डाकेको छ । मंगलबार प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठक डाकेका हुन् । बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नै बस्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी हुने यो बैठकले कोरोना भा’इरसको सं’क्रमणबाट जोगिन जनस्तरमा चेतनात्मक कार्यक्रम अघि बढाउँन कार्यकर्ता परिचालन गर्नेबारे छलफल गरी आवश्यक निर्यण गरिने बुझिएको छ ।

यसअतिरिक्त कोरोना भा’इरसको सं’क्रमण भित्रन नदिन तथा भित्रिहाले के गर्ने भनेर सरकारले गरेको तयारीका बिषयमा समेत बैठकमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । यसअघि फागुन १८ गते बसेको नेकपा सचिवालय बैठकले दोस्रोपल्ट मिर्गौला प्र’त्यारोपण नेपालमै गर्ने निर्णयमा पुगेका ओलीको स्वास्थ्यलाभको कामना गरेको थियो ।

लगत्तै प्रधानमन्त्री ओली मिर्गौला प्र’त्यारोपणका लागि अस्पताल भर्ना भएपछि बैठक बस्न सकेको थिएन । त्यसअघि १४ फागुनको सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउन सरकारलाई सिफारिस गर्ने भनेर गरेको निर्णय समेत कार्यान्वयन हुन सकेको छैन ।

उक्त निर्णयमा अध्यक्ष ओली र सचिवालयका अरु सदस्यबीच मत बाझिदै आएको छ । प्रधानमन्त्री स्वास्थ्यलाभको अवस्थामा रहेकाले यावत बिषयका छलफल भने नहुने बताइएको छ । (कोरोना रोक्‍नका लागि मेडिकल सामग्री र चिकित्सक टोली पठाउन चीन तयार)

कोरोना भ’इरस (कोभिड–१९) नियन्त्रणका लागि आफ्नो मुलुकमा सफलता हासिल गर्दै आएको छिमेकी मुलुक चीनले नेपालका लागि आवश्यक पर्ने मेडिकलदेखि प्राविधिक जनशक्तिसहितको सहयोग दिने प्रस्ताव गरेको छ । नेपालका लागि के–के सामग्री र प्राविधिक सहयोग आवश्यक पर्छ, त्यसबारे व्यवस्थित माग राख्न चीनले भनेको हो ।

भा’इरस प्रभावित अन्य मुलुकहरूलाई सहयोगको मात्रा बढाइरहेको चीनले नेपालमा पनि सम्भावित महामारी रोक्नका लागि सहयोगको प्रतिबद्धता जनाएको हो । कोरोना भा’इरस रोग रोकथाम र नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलका अनुसार चीनले सहयोगका सम्भावित क्षेत्रबारे पनि उल्लेख गरेको छ ।

ऊर्जा, मास्क, मेडिकल सामग्री र मेडिकल टिम पठाउनेसम्मको प्रतिबद्धता चीनबाट आएको छ । त्यस्तै भाइ’रसको सं’क्रमण घ’ट्नेबित्तिकै नेपालले चाहे चिनियाँ पर्यटकहरूको आगमन पनि अरूभन्दा पहिले खुला गर्न तयार रहेको प्रतिबद्धता आएको छ । त्यस्तै नेपालको पूर्वाधार निर्माणको कामलाई पनि नेपालले चाहेको समयमा गति दिन तयार रहेको सूचना चीनले पठाएको छ ।

‘यस्तो गर्ने हो भने तुरुन्त माग होस्, हामी तत्पर छौं भनेर चिनियाँ पक्षबाट हामीलाई आश्वासन आएको छ,’ उपप्रधानमन्त्री पोखरेलले मंगलबार भने, ‘हामी पनि सं’क्रमण नफैलियोस् भनेर लागेका छौं र आवश्यक पर्ने सबै खालका सहयोग लिन्छौं ।’

केही दिनअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनका परराष्ट्रमन्त्री वाङ यीबीच पनि कुराकानी भएको थियो । त्यस क्रममा पनि पनि सहयोग गर्ने विषयमा दुईपक्षीय कुराकानी भएको थियो । ‘उहाँहरूले सहयोगका लागि तत्परता देखाउनुभएको छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँहरूको असल अभ्यासबाट कसरी सिक्ने भन्ने नै हो । दोस्रोचाहिँ हामीलाई आवश्यक पर्दा सामग्रीहरूमा सहयोग गर्ने कुराहरू हुन्, त्यसमा कुराकानी भइरहेको छ ।’

चीनले को’रोनाबाट अत्यधिक प्रभावित इटाली र स्पेनमा मेडिकल टोलीसहित स्वास्थ्य सामग्री पठाएर सहयोग गरिरहेको छ । युरोपको सबैभन्दा प्रभावित मुलुक इटालीको राजधानी रोममा केही समयअघि चीनले विमान चार्टर गरेर नौ सदस्यीय मेडिकल टोली पठाएको थियो । चीनको राष्ट्रिय स्वास्थ्य आयोग र चीनकै रेडक्रस सोसाइटीले सात हजार भेन्टिलेटर र मोनिटरसहित अन्य स्वास्थ्य सामग्री इटालीलाई सहयोग गरेको छ ।

नेपालमा सं’क्रमण फैलिए अहिलेका अस्पतालमा रहेका भेन्टिलेटर र मेडिकल कीटलगायतको व्यापक अभाव हुने आकलन छ । त्यसैले त्यस्ता सामग्री खरिद प्रक्रिया र विदेशी सहयोगबाट समेत जोहो गर्ने सरकारी तयारी छ । त्यही तयारीअन्तर्गत चीनले गरेको सहयोगको प्रस्तावबाट सरकार उत्साहित छ । यसअघि चीनमा सं’क्रमण बढेका बेला नेपालले एक लाख थान मास्क पठाएको थियो । नेपालको उक्त सहयोगप्रति चीनका परराष्ट्रमन्त्री वाङ यीले पनि प्रशंसा र आभार व्यक्त गरेका थिए । अहिले नेपालमा जो’खिम बढ्ने सक्ने अवस्थालाई मध्यनजर गरेर चीनले आफ्नोतर्फबाट पनि गुन ति’र्न खोजेको हो ।

‘असल छिमेकीको हिसाबले हाम्रो क्षमताअनुसार हामी नेपाललाई सहयोग गर्न तयार छौं,’ चिनियाँ दूतावासका एक उच्च अधिकारीले भने, ‘नेपालबाट के–के कुरा चाहियो भन्ने प्रस्ताव पठाएपछि त्यसको आधारमा हामी सहयोग पठाउँछौं ।’ केही दिनअघि सार्क राष्ट्रहरूबीच पनि कोरोनावि’रुद्ध साझा प्रयास अघि बढाउने सहमति भएको थियो । आठवटै मुलुकहरूबीच गत आइतबार भएको भिडियो कन्फरेन्समा कोरोनावि’रुद्ध ल’ड्नका लागि साझा कोष बनाउने सहमति पनि भएको थियो ।

उक्त कोषमा भारतले एक अर्ब रुपैयाँ बराबरको रकम राख्ने प्रतिबद्धता जनाएको थियो । सार्क राष्ट्रसँगको संयुक्त प्रयास भए पनि चीनले भने आफ्नो छिमेकी सम्बन्ध आधारमा नेपाल केन्द्रित सहयोगको इच्छा देखाएको हो । उपप्रधानमन्त्री पोखरेलले सार्कको विपत् व्यवस्थापन कोषमा रहेको पैसा पनि अहिले भइरहेको महामारीको नियन्त्रणमा प्रयोग गर्न सकिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here