प्रचण्डको गृह जिल्ला चितवनबाट आयो सबैलाई चकित पार्ने यस्तो खबर, मेयर रेणुले बल्ल गर्न लागिन यस्तो कार्य, चितवनवासी नै चकित !

  •  
  •  
  •  
  •  
  •  
  •  

चितवन । प्रचण्डको गृहजिल्ला चितवनमा कोरोनाको सं’क्रमण भएका र आ’शंका गरिएका बि’रामीलाई राख्न ७० शै’य्याको अलग्गै अस्पताल बनाइने भएको छ । उद्योग संघ चितवनको बन्दै गरेको अन्तर्राष्ट्रिय प्र’दर्शनी केन्द्रमा ७२ घण्टाभित्र यस्तो अस्पताल तयार गरिसक्ने चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । अस्पताल बनाउन का लागि गर्ने तयारीका बारेमा जिल्लाका विभिन्न संघसंस्था तथा अस्पतालहरुलाई जिम्मा दिइएको उनले बताए । भरतपुर कोरोना विशेष अस्पताल नाम दिइने यस्तो अस्पतालमा ५० शैय्या साधारण बेड, १० शै’य्याको एचडीयू (हाई डिपेन्डेन्ट यूनिट) र १० शैय्याको आईसीयू राखिने छ ।

विभिन्न अस्पताल तथा चेकपोष्टहरुमा आएका शं’कास्पद बि’रामी र सं’क्रमण पुष्टि भएका बि’रामीलाई यही राखेर उपचार गरिने प्रजिअ भट्टराईले बताए । अस्पतालको बहिरंग सेवाको व्यवस्थापनको जिम्मा डा. भोजराज अधिकारी र डा. अनिलविक्रम कार्कीले लिनेछन् जनरल वार्डको व्यवस्थापन क्या’न्सर अस्पतालका कार्यकारी निर्देशक डा. विजय आचार्य, एचडीयूको व्यवस्थापन भरतपुर मेडिकल कलेज र निजी अस्पताल समन्वय समिति, आईसीयूको चितवन मेडिकल कलेज, जनशक्तिको व्यवस्थापनको जिम्मा भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीलाई दिइएको छ ।

यस्तै अत्यावश्यक सामग्रीहरुको व्यवस्थापन भरतपुर महानगरपालिका, उद्योग वाणिज्य संघ चितवन, उद्योग संघ, जिल्ला समन्वय समितिले गर्ने सहमति भएको छ । अस्पतालका लागि क्या’न्सर अस्पतालले २० वटा आईसीयू बेड र ८ वटा भेन्टिलेटर उपलब्ध गराउने जनाइएको छ ।

आवासीय रुपमा नै चिकित्सक, नर्स, पारामेडिक्स र ल्याबका कर्मचारीलाई यहाँ राखिने डा. अनिलविक्रम कार्कीले जानकारी दिए । यहाँ आउने बि’रामीलाई चार तहको स्वास्थ्य सेवा उपलब्ध गराइने डा. कार्कीको भनाइ छ ।

ल्याबको स्याम्पल काठमाडौं पठाउनुपर्ने अवस्था विद्यमान रहेकोले यही नै यस्तो ल्याब बनाउन आवश्यक पहल थालिएको डा. कार्कीले बताए । भरतपुर महानगर प्रमुख रेनु दाहालको संयोजकत्वमा कोरोना रोकथाम तथा पूर्वतयारी समिति गठन गरिएको छ । यो समितिले जिल्लाका अन्य स्थानीय तहहरुसँग पनि समन्वय गर्नेछ ।

त्यसैगारी राष्ट्रिय परिचयपत्र वितरणको कामलाई थप प्रभावकारी बनाइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रममा परिचयपत्र वितरण कार्यलाई वडा तहसम्म पु¥याउने जानकारी दिइयो ।

चितवन, ललितपुर, रसुवा, तनहुँ, कञ्चनपुर, जुम्ला र सप्तरीमा सो कार्यक्रम सञ्चालनमा आउँदैछ । चितवनका ९८ वडा मार्फत परिचयपत्रको फारम भर्ने काम शुरु हुन लागेको जनाइएको छ । यसका लागि ११७ कर्मचारी नियुक्तिको प्रक्रियामा रहेका छन् ।

ती कर्मचारीलाई २३ वटा समूहमा विभाजन गरी प्रत्येक पालिकाका वडामा पठाइने छ । दुई वर्षमा राष्ट्रिय परिचयपत्र बनाई सक्ने उद्देश्यका साथ सरकारले काम शुरु गरेको हो । पहिलो चरणमा छनोट भएका १५ जिल्लामध्ये सात जिल्लामा काम प्रभावकारी बनाउन लागिएको विभागका निर्देशक शिवराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार व्यक्तिको सबै विवरण लिई परिचयपत्रमा राखिने छ । व्यक्तिगत विवरण राख्न सहज हुने भएकाले परिचय पत्र बनाउन लागिएको हो । नागरिकताका आधारमा विवरण सङ्कलन गर्ने भएकाले बाह्य जिल्लाको नागरिकताको हकमा स्थानीय तहको सिफारिसका आधारमा विवरण भरिने विभागले जनाएको छ ।

हालसम्म पाँचथर र मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्र विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीका एक लाख १७ हजारलाई परिचयपत्र वितरण गरिएको छ । परिचय पत्रमा नागरिकको पृथक परिचय नम्बर उपलब्ध हुनेछ ।

आधुनिक सूचना प्रविधिमा आधारित राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणाली अवलम्बन गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सहयोग पु¥याउने लक्ष्यका साथ परिचयपत्रको फारम भर्न लागिएको हो ।

राज्यबाट प्रवाह हुने सेवासँग आबद्ध गर्ने, राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने उद्देश्यले काम शुरु गरिएको महानिर्देशक जोशीले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले स्मार्ट सिटीमा स्मार्ट परिचयपत्र आवश्यक रहेको बताउनुभयो ।

शहरलाई स्मार्ट बनाउँदा आफ्नो परिचयलाई पनि सोहीअनुसार गर्नु अवलम्बन गर्दै जिल्लावासीलाई यो परिचयपत्र बनाउने काममा सहयोग पु¥याउन आग्रह गर्नुभयो । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिल्लामा रहेका छ लाख ७५ हजार जनतालाई परिचयपत्रको फारम भर्नका लागि १०२ दिन लाग्ने भएकाले सोहीअनुसारको व्यवस्थापन मिलाउन लागिएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *