बिरामी महिलाको दाँत ठेलेर दन्त शिविरको उद्घाटन गरेको तस्वीर बन्यो भाइरल

  •  
  •  
  •  
  •  
  •  
  •  

ओखलढुंगा, ५ चैत । अहिले सामाजिक सञ्जालमा एउटा तस्वीर निक्कै भाइरल भइरहेको छ । उक्त भाइरल तस्वीर ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नः ६ घोराखोरीमा आयोजित जेष्ठ नागरिक दन्त उपहार शिविर उद्घघाटन कार्यक्रमको हो ।गत चैत ३ गते सोमबार गाउँपालिकाले आयोजना गरेको जेष्ठ नागरिकलाई कृत्रिम दात लगाईदिने कार्यक्रममा अतिथिहरुले बिलन्दुका करिब ५० बर्षीया बराल थरका एक महिलालाई कृत्रिम दाँत लगाईदिएर कार्यक्रमको उत्घाटन गरे ।

तस्वीरमा एकजना डक्टरले ती महिलाको मुखमा जवरस्ती दाँत ठेलेको देखिन्छ भने अन्य अतिथिहरुले हातमा ग्लोब्स लगाएरै छोएको देखिन्छ ।यसरी गरिएको शिबिर उद्घाटन कार्यक्रममा प्रदेश नः १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, प्रदेश १ कै अर्थ समिति सभापति एवं ओखलढुंगाका प्रदेशसभा सदस्य मोहन खड्का हिमशिखर, गाउँपालिका अध्यक्ष नवराज केसी र अन्य जनप्रतिनिधि तथा कर्मचारीहरू थिए ।

तर जेष्ठ नागरिकलाई कृत्रिम दाँत लगाईदिने कार्यक्रम निकै प्रभावकारी रहेको भएपनि कार्यक्रमको उद्घाटन गर्ने शैलीप्रति भने धैरैले ब्यग्य गरेका छन् ।यस बिषयमा गाउँपालिका अध्यक्ष नवराज केसीले नियतवस गाउँपालिकालाई बद्नाम गर्ने हिसावले केही ब्यक्तिले तस्वीरलाई भाईरल बनाएको प्रतिकृया दिनुभयो । यो डाक्टरले दाँत लगाईदिएको र अन्य कार्यक्रमका अतिथिहरुले ती बृद्धाको दाँत हेर्ने क्रममा खिचिएको तस्वीर रहेको उहाँको दावी छ ।

गाउँपालिकाको तर्फवाट बुधबार एक सूचना जारी गर्दै तस्वीरलाई अनावश्यक प्रचार गरेको भन्दै ध्यानाकषर्ण भएको जनाएको छ । सूचनामा सबैमा जानकारीका लागि भन्दै टोलटोलमा बाटो, घरघरमा धारो, चम्पादेवी गाउँपालिकाका सबै घर उज्यालो’ नारासहित बिभिन्न कार्यक्रम गर्दै आएको उल्लेख छ ।

अहिले पनि दन्त शिबिर कार्यक्रम गाउँपालिकाको पलापुमा सञ्चालनमा छ । दन्त उपहार शिबिर १ नम्बर प्रदेश अन्तर्गत सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र पूर्वाञ्चल डेन्टल अस्पतालको प्राविधिक सहयोगमा गाउँपालिकाले आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *