‘पैसा नहुनेका लागि त काठमाडौं ‘नाइटमेयर’ हो, न त पानी पर्दा ओत लाग्ने ठाउँ छ, न त टन्टलापुर घाममा छहारी दिने एउटा रूख

0
14

काठमाडौं। मिस नेपाल २०१८ श्रृंखला खतिवडा काठमाडौं उपत्यकाको विकास ट्रेण्डसँग खुसी छैनन्। अग्ला भवन र फराकिलो सडकलाई विकासको मानक बनाइएको उनलाई चित्त बुझेको छैन। रिङरोड चौडा बनाउने नाममा रूख काटिँदा सडक नै नांगो भएको महशुस उनलाई भएको छ। चक्रपथमा दुईतर्फ छहारी दिएर बसेका अग्ला रूखहरू काटिएपछि चक्रपथमा गुडिरहँदा उनलाई नरमाइलो लाग्छ।काठमाडौंका भित्री भागमा कतै पनि खाली ठाउँ देख्यो कि संरचना बनाएर भाडामा लगाउने प्रवृत्ति देखेर उनी दिक्क छिन्। ‘हामीले विकास भनेको अग्ला भवन र चौडा सडकलाई ठान्यौं’, श्रृंखलाले भनिन्, ‘जति पनि काठमाडौंका भित्री भागका जमिन थिए, त्यहाँ सबैको आँखा जाँदो रहेछ। लिजमा लिएर ठूलो भवन बनाउने र आम्दानी गर्ने सोच धेरै देखियो।’

गत वर्ष झण्डै डेढ महिना युरोप घुमेपछि भने श्रृंखलालाई उपत्यका विकासको दृष्टिकोण बदल्नै पर्ने देखिन्। ‘युरोपमा जता हेरे पनि पार्क, कुना कुनासम्म हरियाली र व्यवस्थित संरचना देखें’, श्रृंखलाले भनिन्, ‘त्यसले जीवनको गुणस्तर बढेको थियो।’

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here