जन्मदिनकोअवसरमा केक का’ट्ने खर्च कोभिड १९ उपचार कोषमा जम्मा

0
14

काठमाडौं । जनताकर्मी तथा सञ्चारकर्मी उमेश भण्डारीले कोभिड १९ उपचार कोषमा नगद सहयोग प्रदान गर्नु भएको छ ।

सञ्चारकर्मी भण्डारीले आज जन्म दिनको अवसरमा सरकारले खडा गरेको कोभिड १९ उपचार कोषमा ५ हजार रुपैयाँ जम्मा गर्नुभएको हो ।

कोभिड १९ को महा’मारीको समयमा फजुल खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सन्देश प्रवाह गर्ने उदेश्यले जन्मदिनमा काट्ने केकको मूल्य बराबरको रकम उपचार कोषको सरकारी खातामा जम्मा गरिदिएको भण्डारीले बताउनुभयो ।

साथै उहाँले विश्वव्यापी महा’मारीका कारण नेपालमा पनि धेरैको रोजीरोटी खोसिएको उल्लेख गर्दै दैनिक ज्यालादरीमा काम गरेर जीविकोपार्जन गर्दै आएका श्रमिकहरुलाई सबैले आ आफ्नो तर्फबाट सहयोग गर्न पनि अपील गर्नुभएको छ ।

दोलखा मेलुङ गाउँपालिकाका स्थायी बासिन्दा भण्डारी जनता प्रसारण तथा प्रकाशन लिमिटेड अन्तर्गतको रेडियो जनता ८९.१ मा कार्यरत हुनुहुन्छ

यो पनि पडनुहोस
राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here