अर्थमन्त्री खतिवडाद्वारा राजीनामा, पुन: नियुक्तिको तयारी

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय सभा सदस्य रहेका उनको दुई वर्षे कार्यकाल आज मध्यरातबाट सकिदैछ। कार्यकाल सकिनै लाग्दा उनले मन्त्री पदबाट राजीनामा दिएका हुन्। तर उनलाई पुन अर्थमन्त्रीमा नियुक्तिको तयारी

गरिएको छ। खतिवडाले मन्त्रीमा निरन्तरता दिन सक्ने भए पनि केही प्राविधिक कुरा मिलाउन राजीनामा दिएका हुन्। उनलाई संविधानको धारा ७८ अनुसार पुन: नियुक्तिको तयारी गरिएको हो। धारा ७८ अनुसार संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्रीमा नियुक्त हुन सक्नेछन्। तर उनले ६ महिना भित्र संघीय संसदको सदस्यता प्राप्त गर्नुपर्ने हुन्छ। स्रोतका अनुसार उनलाई भोली नै अर्थमन्त्रीमा नियुक्तिको तयारी गरिएको छ।

राष्ट्रपतिका सल्लाहकार प्याकुरेलले दिए राजीनामा

काठमाडौं- सुशील प्याकुरेलले राष्ट्रपति विद्यादेवी भण्डारीको सल्लाहकारबाट राजीनामा दिएका छन्। उनले पहिलो कार्यकालका दुई वर्ष र दोस्रो कार्यकालमा करिब दुई बर्ष राष्ट्रपतिको सल्लाहकारको रुपमा विताए।

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई मजवूत बनाउन संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यता र कानूनी सर्बोच्चताको अक्षरशः कार्यान्वयनका लागि शासकीय मामिलासम्बद्ध औपचारिकताको परिधीभन्दा बाहिर अझ बढी सक्रियतापूर्वक सहभागिता जनाउनुपर्ने अनुभूत गरेर मैले आजैका मिति देखि सम्माननीय राष्ट्रपतिज्यूको विज्ञ सल्लाहकारको पदबाट राजीनामा दिएको छु’, उनले भनेका छन्।

सुदृढ लोकतन्त्रका लागि कानूनका सामु सबैको समान हैसियत कायम गराउने गणतन्त्र नेपालका आम नेपालीको आकांक्षाको पक्षमा योगदान गर्न आफुले पदबाट राजीनामा दिएको उनले बताएका छन्।प्याकुरेलको राजीनामा राष्ट्रपति भण्डारीले आजनै स्वीकृति गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *