विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएर अध्यक्षले ग’रे आ’त्म’ह’त्या

0
26
Corpse

तेह्रथुम । आठराई गाउँपालिका–४ ईवास्थित केलिङ आधारभुत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डम्बर ईङ्नामले समितिको बैठक वोलाएर आफुले झुण्डिएर मृत्युवरण गरेका छन।

बिहान १०ः०० बजे खाना खाएर बैठक बस्न भनि घरबाट निस्किएका ईङ्नमा अपराह्न २ः०० बजेसम्म बैठकमा उपस्थित नभएपछि उनलाई खोज्न स्थानीयवासी निस्किएका थिए।

खोज्ने क्रममा उनकै घर नजिकैको महाभिर भन्ने ठाँउमा शव झुन्डिएको अवस्थामा फेला परेको वडा नं। ४ का वडाध्यक्ष श्यामकुमार भट्टराईले बताए।

घट्ना स्थलको मुचुल्का गरी शवलाई पोष्टमार्टमका लागि आज साँझ ७ः३० बजे जिल्ला अस्पताल पाचँथर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तेजबहादुर दाहालले बताए। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here