नेपालको सम,र्थनमा पा,किस्तान, म,न्त्रीले दिए नेपाललाई बधाई

0
26

काठमाडौं। नेपालले आफ्नो शंशोधित नक्सालाई अनुमोदन गर्ने गरी संविधान संशोधन विधेयक पारित गरेपछि यस विषयमा विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् । भारतीय मिडिया र सत्तापक्षका नेताहरुले यसलाई नेपालको दुस्साहसको रुपमा चित्रण गरेका छन् । उनीहरुले नेपाललाई गलत गरेको भन्दै सच्चिन भनिरहेका छन् भने प्रतिपक्ष कांग्रेसका नेताहरुले भने मोदी सरकारले ७० वर्षदेखि कांग्रेसले राखेको नेपाल–भारत सुमधुर सम्बन्ध बिगारेको आरोप लगाइरहेका छन् ।

यही बीचमा पाकिस्तानका एक मन्त्रीले नेपाललाई बधाइ दिएका छन् । पाकिस्तानका विज्ञान तथा प्रविधि मन्त्री फवाद हुनेन चौधरीले अल जजीराको एक समाचार ट्वीट गर्दै नेपाललाई बधाइ दिएका हुन् । उनले लेखेका छन् ‘नेपालका ाहसी जनताका प्रतिनिधिहरुलाई बधाइ । तपाइँहरुले नक्सा संशोधन गर्नुभएको छैन, तपाइँहरुले कथित ठूला देशहरुले गरेको आक्रमण र बदमासीविरुद्ध सम्मानजनक राष्ट्रले कसरी प्रतिक्रिया जनाउँछन् भन्ने देखाउनुभएको छ।

कुवेत, ओमान र मलेसियाबाट ३ सयभन्दा बढी नेपाली आज आउँदै
काठमाण्डौ – कोरोना भाइरसको महामारीले विदेशी भूमिमा अप्ठ्यारोमा परेका नेपालीलाई सरकारले आज पनि उद्धार जारी राख्ने भएको छ ।

श्रम मन्त्रालयका अनुसार विहीबार कुवेत, ओमान र मलेसियाबाट ३ सयभन्दा बढी नेपाली आज आउन लागेका हुन् ।

कुवेतमा आममाफी पाएका १५० जना, ओमानबाट १८० र मलेसियाबाट पनि केही नेपाली आउँन लागेका हुन् ।

कुवेतबाट नेपालीलाई लिएर जजिरा एयर काठमाण्डौ आउनेछ । ओमानबाट सलाम एअरको चार्टर्ड उडानमार्फत १८० नेपाली स्वदेश फर्कने छन् भने मलेसियाबाट हिमालय एयरलाइन्सको चार्टर्ड उडानमार्फत नेपालीहरू स्वदेश फर्कने छन्।

सरकारले यही जेठ २३ गतेबाट विदेशमा रहेका नेपालीको उद्धार सुरू गरेसँगै कुवेतमा रहेका नेपाली पनि स्वदेश फर्कन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भारतबाहेक ३३ मुलुकका २४ हजार १४८ जना नेपालीहरूलाई प्राथमिकताका आधारमा नेपालमा ल्याउनुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here