नयाँ बिधुत म’हसुलको दर सार्बजनिक,- कसले कति तिर्नुपर्छ ? हेर्नुहोस्”

0
4

काठमाडौँ । विद्युत महसुलको नयाँ दर निर्धारण भएको छ । विद्युत नियमन आयेगले असारदेखि नै लागु हुने गरी नयाँ दर निर्धारण गरेको हो । ५ एम्पियरको लाइन जोड्नेले डिमाण्ड शुल्क बाहेक अरु तिर्नुपर्दैन् । यसको डिमाण्ड शुल्क ३० रुपैयाँ तोकिएको छ । मासिक १० युनिटसम्म खपत गर्नेलाई निःशुल्क गरिएको छ । यस्तै १५ एम्पियरको लाइन जो’ड्नेलाई न्युनतम डि’माण्ड शुल्क ५० रुपैयाँ तोकिएको छ । १० युनिटसम्म खपत गर्नेले प्रतियुनिट ४ रुपैयाँ तिर्नुपर्नेछ ।

काठमाडौँ : मुलुकको विभिन्न दस स्थानमा रहेका नुनदेखि सुनसम्मको खानी अन्वेषण तथा उत्खनन गरिने भएको छ । खानी तथा भूगर्भ विभागद्वारा सुन, तामा, चुनढुङ्गा, नुन, कोइला, ग्रेनाइट र केओलिन लगायतका खनिज पदार्थको अन्वेषण तथा उत्खननका लागि अनुमति प्रदान गर्न बुुधबार सूचना आह्वान गरिएको छ ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले मुलुकको विभिन्न दस ठाउँमा रहेको खानीको अन्वेषण तथा अध्ययनका लागि अनुमति प्रदान गर्न प्रक्रिय स्वरूप सूचना आह्वान गरिएको जानकारी दिनुभयो । दसवटामध्ये चार ठाउँमा उत्खनन (माइनिङ) गर्न र बाँकी ठाउँमा अन्वेषण (प्रोसपेक्टिङ)का लागि अनुमतिपत्र प्रदान गर्न सूचना आह्वान गरिएको उहाँले बताउनुभयो ।अन्वेषणको अनुमति पत्रका लागि ३५ दिन र उत्खननका लागि ५० दिनभित्र निवेदन दिन आह्वान गरिएको छ । उत्खननका लागि दसदेखि तीस वर्षसम्म र अन्वेषणका लागि दुई वर्ष प्रदान गरिने महानिर्देशक घिमिरेले जानकारी दिनुभयो । महानिर्देशक घिमिरेका अनुसार दुईवटा चुनढुङ्गा खानी र एक÷एकवटा नुन तथा ग्रेनाइट खानीको उत्खननका लागि अनुमति दिन सूचना आह्वान गरिएको हो ।

त्यसैगरी तामा खानी तीनवटा तथा एक÷एकवटा सुन, केओलिन र कोइला खानीका अन्वेषणका लागि अनुमति पत्र प्रदान गर्न सूचना आह्वान गरिएको हो । विभागका अनुसार रोल्पाको सुनछहारी गाउँपालिकास्थित किमासेपोझार वनमा ३० वर्गकिलोमिटर क्षेत्रमा फैलिएको सुनखानीको अन्वेषण गर्न सूचना आह्वान गरिएको छ । यो क्षेत्रमा करिब ८० हजार टन सुनको कच्चा पदार्थ रहेको अनुमान छ ।, याे खबर गाेरखापत्र दैनिकमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here