उपप्रधानमन्त्री पोखरेल नेतृत्वको कोरोना रोकथाम उच्चस्तरीय समिति खारेज

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – सरकारले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति खारेज गरेको छ ।
२९ जेठमा बसेको मन्त्रिपरिषद बैठले उच्चस्तरीय समिति खारेज गर्ने निर्णय गरेको हो । तर, सरकारले यो निर्णयलाई औपारिक रुपमा बाहिर ल्याएको छैन ।
पोखरेल नेतृत्वको समिति खारेज गरी सरकारले कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)लाई नै थप सक्रिय बनाउने निर्णय गरेको हो  । एक मन्त्रीका अनुसार समितिको काम प्रभावकारी हुन नसकेको र सिसिएमसी र समितिका निर्णय आपसमा बाझिएपछि उच्चस्तरीय समिति खारेज भएको हो ।
नेपालमा पनि कोरोनाको जोखिम बढेपछि सरकारले १८ फागुनमा उच्चस्तरीय समिति गठन गरेको थियो । गठन भएपछि समितिले २८ वटा बैठक गरेको छ । समितिको अन्तिम बैठक २८ जेठमा बसेको थियो ।
सिसिएमसीको नेतृत्व पनि उपप्रधानमन्त्री पोखरेलले नै गर्ने गरी निर्देशक समिति बनाइएको छ । सिसिएमसीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई, ऊर्जामन्त्री वर्षमान पुन र कृषिमन्त्री घनश्याम भुसाल सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *