चारैतिरबाट आलोचना भएपछि सरिता गिरीले गरिन यस्तो महसुस

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । समाजवादी पार्टीकी सांसद सरिता गिरीले नेपालको नयाँ नक्सा र सीमाको कुरा उठाउँदा आफू असुरक्षित भएको बताएकी छिन । एक अन्तरवार्ताको क्रममा उनले यस्तो बताएकी हुन । उनले भनिन,- ‘म एकदमै असुरक्षित महसुस गरिरहेको छु, म के गरुँ भन्नुस् त ।’

९० बर्षीय आफ्ना बुबा विरामी भएकोले भेटघाटको लागि माईत जानलाग्दा सिरहाको ठाडी नाकामा प्रहरीले रोकेको बताऊदै उनले राज्यले आफूलाई गिरफ्तार गर्न खोजेको आरोप समेत लगाईन । तर उनी अहिले नयाँ नक्सा र सीमाका विषयमा विवादित भएको हुनाले सुरक्षाको कारण देखाउँदै सुरक्षाकर्मीले उनलाई सीमा क्षेत्रबाट फर्काएको बुझिएको छ । उनले परिवार भेट्न भनेपनि सांसद गिरी कार्यकर्ता भेट्न भारत जान लागेको बुझिएको छ ।

सिमानामा खटिएका सशस्त्र प्रहरीका एक अधिकृत अनुसार उनलाई दशगजा नजिकबाट फिर्ता पठाइएको हो । ती अधिकृतले भने, अहिले बोर्डर बन्द छ, यस्तो बेलामा माननीयज्यू भारततर्फ जानुहुँदैन भनेर हामीले सम्झायौं, उतातिर भारतको सीमा सुरक्षा बल एसएसबीले पनि प्रवेश दिन मिल्दैन भन्यो । उहाँ फर्किनुभयो ।’

सांसद गिरीको माइती बिहार हो भने घर सिरहाको बस्तिपुरमा पर्छ ।

भारतले आफ्नो दावी गर्दै आएको लिपुलेक, लिपियाधुरा र कालापानी क्षेत्र नेपालले आफ्नो नक्सामा समेटेपछि गिरीले त्यसको विरोध गर्दै आएकी थिइन्। पछिल्लो समय उनीविरुद्ध सडकमा निरन्तर प्रदर्शनहरु भएका थिए। गिरीको माइत भारत हो। भारत सरकारले भारतको बिहार प्रवेशका लागि जोगवनी वा रक्सौल नाका खुला गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *