सर्वोच्चले गर्यो लकडाउनमै ऋण असुली गर्नुको कारण देखाउ आ’देश जारी

0
9

काठमाडौं । सर्वोच्च अदालतले बन्दाबन्दी (लकडाउन)को अवस्थामै बैंक तथा वित्तीय संस्थाहरुले ऋण असुली प्रक्रिया सुरु गर्नुको कारणबारे जवाफ माग गरेको छ लकडाउनको अवस्थामै बैंक तथा वित्तीय संस्थाले ऋणीलाई मार पर्नेगरी धितो लिलामी प्रक्रिया समेत अघि बढाएको भन्दै अधिवक्ता सितादेवी श्रेष्ठले दायर गरेको रिटमा सर्वोच्चकी न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलाशले कारण देखाउ आदेश जारी गरेको हो ।

रिटमा बन्दाबन्दी खुली व्यवसाय सुचारु नभएसम्म साँवाको ब्याज किस्ता रकम बुझाउन ताकेता नगर्न, अवस्था सामान्य भएको ६ महिनापछिबाट मात्र नियमअनुसार किस्ता मार्फत बाँकी सँवा ब्याज रकम असुल गर्न र बन्दाबन्दीको अवधिभित्रै ऋण भुक्तानी गर्नुपर्ने म्याद समाप्त भएको ऋणी व्यवसायीहरुलाई समेत कर्जा मिलान गर्ने एवम् नवीकरण गर्ने प्रबन्ध मिलाउन माग गरिएको थियो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, राष्ट्रिय सहकारी बोर्ड, बैंकर्स संघलगायतलाई विपक्षी बनाइ दायर भएमा मुद्दामा आज कारण देखाउ आदेश भएको हो ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here