गोकुल बाँस्कोटा भन्छन: ”म देश बनाउन आएको हो, मेरो बोली छुच्चो होला तर नियत सफा छ”

  •  
  •  
  •  
  •  
  •  
  •  

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टङ प्रेस खरिद प्रक्रियामा देशलाई नोक्सान हुने गरेर कुनै निर्णय नभएको दाबी गरेको छन् । उनले सेक्युरिटी प्रेस खरिदमा शक्ति केन्द्रको स्वार्थ पूरा नभएपछि आफूविरुद्ध नियोजितरुपमा अडियो सार्वजनिक गरेर बदनाम गराउने काम गरेको बताएका हुन् ।

सातवटा मन्त्रालयका सह सचिव र निर्देशकसहितको नौ सदस्यीय समितिले बुझाएको प्रतिवेदनका आधारमा सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि बढाइएको बताउँदैं उनले समितिले निकालेको अनुमानित लागतभन्दा १० अर्ब रुपियाँ कममा खरिद गर्न लाग्दा शक्ति केन्द्रहरुले चलखेल गरेको बताए ।

बाँस्कोटाले समितिले प्रेस खरिद गर्नको लागि ३३ अर्ब लागत अनुमनसहितको प्रतिवेदन बुझाएपनि आफूले २३ अर्बमा प्रेस खरिद गर्ने प्रक्रिया अगाडि बढाएको बताए । “म देश बनाउन आएको हो, गलत नियत केहीपनि थिएन र छैन उनले भने, मेरो बोली छुच्चो होला तर नियत सफा छ ।”

७० करोड कमिसन मागेको भन्दै अडियो सार्वजनिक भएपछि बाँस्कोटाले नैतिकताका आधारमा राजीनामा दिएका थिए । राजीनामा दिएपछि उनले आफूले गलत नगरेको बताउँदै दोषी प्रमाणित भए सजाय भोग्न तयार भएको प्रतिक्रिया दिएका थिए । नेपाल समाचारपत्र दैनिकमा खबर छ।

यो पनि पढ्नुस

६ महिनाअघि मात्रै विवाह गरेको केही समय नबित्दै नुवाकोटको विदुर नगरपालिकामा नवविवाहित युवती मृ’त भेटिएकी छिन् । विदुर नगरपालिका वडा नं. १ ढुंगे बजार २१ वर्षीय सञ्जु खातीले बुधवार राति त्रिशुलीमा हा’म फा’लेकी थिईन् । युवतीको मृ’त्यु भएपछि प्रहरीले सोही स्थानमा अचेत अवस्थामा फेला परेका उनका पतिलाई प’क्राउ गरेको छ । विदुर नगरपालिका ढुंगेबजारस्थित खोलासँगै जोडिएको एक चार तले घरको बरन्डाबाट त्रिशुलीमा हा’म फा’लेकी सञ्जुको नदीसँगको बगरमा ब’जारिएर मृ’त्यु भएको प्रहरीले अनुमान गरेको छ ।

बगरमा मृ’त अवस्थामा फेला परेकी उनलाई जिल्ला अस्पताल त्रिशुली पु¥याइएको थियो तर चिकित्सकहरुले उनलाई मृ’त घोषित गरेका थिए । उनका पति २२ वर्षका मौसम खाती पनि बेहोस अवस्थामा फेला परेका थिए । उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रवक्ताका अनुसार बुधवार राति १० बजेतिर स्थानीयले घ’टनाबारे प्रहरीलाई खबर गरेका थिए ।

सञ्जु र मौसमबीचको सम्बन्ध भने त्यति राम्रो नरहेको स्थानीयले बताएका छन् । उनीहरुबीच विवाद भइरहने गरेको र बुधवारपनि दुई जनाबीच विवाद भएपछि घ’टना घ’टेको हुनसक्ने स्थानीयको भनाइ छ । मौसमले चुरोट खाएको निहुँमा आमासँग मनमुटाव हुँदा सञ्जुले आ’त्मह’त्या गरेको घरका अन्य सदस्यले बताएका छन् ।

सञ्जुका माइती पक्षले आफ्नो छोरीले दे’ह’त्याग गरेको नभई उनको ह’त्या भएको दावी गरेका छन् । सञ्जुका बाबुले पनि उनको ह’त्या नै भएको दाबि गरेका छन् । सञ्जुका बाबुका अनुसार ज्वाईं मौसमले श्रीमतीलाई आफ्नै बाबुसंग सल्केको भन्दै शंका गर्ने गरेको र छोरीलाई त्रिशुली नदिमा ध’केलेर ह’त्या गरेको दाबि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *