खुसिको खबर, सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाइने सक्दो सियर गरौ !

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं,असार – समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने भएको छ । नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण हटाउन लागिएको समाजवादी पार्टीका एक नेताले जानकारी दिनुभएको छ ।

उहाँले पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गर्नुभएको थियो । पार्टीले त्यो फिर्ता लिन र संविधानको अनुसूची संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो, ‘उहाँले पार्टीको ह्वीप मान्नुभएन, त्यसैले स्वतः कारवाहीमा पर्नुहुन्छ ।समाजवादी पार्टीका एक नेताले भन्नुभयो ।
राष्ट्रिय जनता पार्टीका शिर्ष नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ‘देश बेच्नेहरु’ भनेका छन् । उनले इतिहास कोट्याउँदै सत्तापक्ष र प्रतिपक्षका नेता दुवैको नामै तोकेर ‘देश बेच्नेहरु’ भनेका हुन् ।

रेडियो एनआरएनको नेपाली बहसमा ऋषि धमलासँग हिजो कुरा गर्दै महतोले भने, महाकाली सम्झौता गर्दा नदीको मुहान टुंगो नलगाई गर्दा केपी शर्मा ओलीको समर्थन होइन ? शेरबहादुरले सही गरेको होइन ? अपराध गर्ने देश बेच्ने र राष्ट्रघात गर्ने यीनीहरु हुन् ।महतोले भनेको महाकाली सन्धी २०५३ सालमा भएको हो । त्यतिबेला शेरबहादुर देउवा प्रधानमन्त्री थिए । पछि यसलाई संसदबाट पारित गरिएको थियो । पारित गर्दा केपी शर्मा ओलीको महत्वपूर्ण भुमिका थियो ।

परराष्ट्रमन्त्री ज्ञवाली भन्छन् एमसीसी सम्झौता रोक्न मिल्दैन

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी मिलेनियम कर्पोरेशन सहायता परियोजना (एमसिसी) लामो समय रोकेर राख्न नहुने बताएका छन् ।मन्त्री ज्ञवालीले आज अपराह्न मन्त्रालयमा सञ्चारमाध्यमहरुसँग कुरा गर्दै उक्त सम्झौताले नेपालको समग्र बाह्य सम्झौतामा असर गर्ने बताएका हुन् ।

अमेरिकी मिलेनियम कर्पोरेशन सहायता परियोजना (एमसिसी) विवादबारे सोधिएको एक प्रश्नमा मन्त्री ज्ञवालीले विकास परियोजनाका विषयलाई पार्टीभित्रको विवादको विषय नबनाइएको भए उचित हुने तर बहसमा आइसकेको हुनाले चाँडै उचित निर्णयमा पुगिने बताए।

उनले प्रतिप्रश्न गरे, ‘बढाइचढाइ गरिएका कारण कतिपय विवाद उत्पन्न भएका हुन् कि ? एमसिसी परियोजना लागू भएका विश्वका कुन मुलुकमा अमेरिकी सेना गएको छ वा अमेरिकी सेना रहेको कुन कुन मुलुकमा एमसिसी परियोजना लागू भएको छ ?’ उनले बहसका पक्षहरूलाई राम्ररी सम्झौताको अध्ययन गरी धारणा बनाउनसमेत आग्रह गरे । उनले उक्त सम्झौतालाई नेपालको समग्र बाह्य सम्बन्धमा पर्ने प्रभाव र आर्थिक सहायता नीतिबारे सुविचारित रुपमा निर्णय गर्नुपर्ने र संसद्ले यस्ता विषयलाई छलफल गराउन लामो समयसम्म रोकेर राख्न नमिल्ने बताए ।

जेठ २७ गतेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री युवराज खतिवडाले एमसीसी सम्झौता नेपालले तोडेमा अमेरिकासँगको सम्बन्ध र अन्तर्राष्ट्रिय सहयोगको वातावरण बिग्रिने बताएका थिए । ‘एमसीसी आयोजना तोडेर मित्रराष्ट्रसँगको सम्बन्ध बिगार्ने र अन्तर्राष्ट्रिय सहयोगको वातावरण बिगार्ने हामीले गर्नुहुन्छ जस्तो मलाई अहिले लाग्दैन,’ खतिवडाले संसदमा बोल्दै उक्त कुरा बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *