आफ्नै छोराले आमालाई बो’क्सी भन्दै दि’सा खुवाउन खोजेपछि…

0
84

सिराहामा एक छोराले आफ्नै आमालाई बोक्सी आरोपमा कुटपिट गरी दिसा खुाउने प्रयास गरेका छन् । सिरहाको कर्जन्हा नगरपालिका ३ की ९० वर्षीया सुदामादेवी साहलाई कान्छो छोरा रामऔतार साहले गाउँलेकै अगाडी कुटपिट गरी मलमुत्र खुवाउने प्रयास गरेका हुन् ।

छोराले घाँटी थिचेर कुटपिट गर्दा आमा गम्भीर घाइते भएकी थिइन् । आमा दुईदिन प्रादेशिक अस्पतालमा उपचार गरी घर फर्केकी छोरी जानकी देवी साहले बताइन् ।

घटना गएको बुधबारको हो । दुई छोरा छुट्टिएर गएपछि सुदामादेवी घरमा एक्लै बस्ने गरेकी थिइन् । कान्छा छोरा रामऔतारकी बुहारी मनीषाको खुट्टामा भएको घाउ भएपछि रामऔतारले आमामाथि बोक्सीको आरोप लगाउँदै आएको स्थानीयले बताएका छन् । त्यसै कारण आमालाई कुटपिट गर्दै मलमूत्र खुवाउने प्रयास गरेको स्थानीयको भनाइ छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here