हिन्दु धर्मले भन्छ नारीलाई देवीको रुपमा पूजा गर, सहनशीलताले नियन्त्रण गुमाए प्रलय हुन्छ

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः, यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलास् क्रियाः’ जहाँ नारीको पूजा हुन्छ उक्त स्थानमा देवताहरुको निवास हुन्छ भनेर शास्त्रमा उल्लेख गरिएको छ । नारी शक्तिकाबारेमा ठूल्ठूला ग्रन्थ तथा पुराणहरुको रचना भएको छ ।

कुनै पनि पुरुषले आफू बस्ने घर बनाउँछन् भने नारीले गृह निर्माण गर्छिन् । त्यसकारण नारीलाई “गृह लक्ष्मी “ अर्थात् उक्त घरभित्र धन सम्पत्तिको बास हुनका लागि गृह लक्ष्मीको रुपमा पूजा गर्ने नियम रहिआएको छ।नारीको शक्ति वर्णन गर्नका लागि मारकण्य ऋषिले देवीभागवत पुराणको रचना नै गरेका छन् । उक्त पुस्तकमा केबल देवीको शक्तिकाबारेमा व्याख्या गरिएको छ ।

सम्पूण नाम उच्चारण गर्दा वैदिक परम्परामा पुरुषभन्दा नारीकै नाम सर्वप्रथम उच्चारण गरिएको छ । यसरी हेर्दा हिन्दू धर्मले कहिँ पनि नारीको अपव्याख्या गरेको छैन । नारीका लागि बर्षको एकदिन मात्रै होइन हरेक दिन उत्सव र दिवस मनाउनु पर्ने शास्त्रमा उल्लेख गरिएको छ ।

हरेक बर्ष फागुन २५ गते नारी दिवस मनाउने प्रचलन रहिआएको छ । नारीका नाममा बर्षभरीमा एक दिन मात्रै छुट्टयाएको छ । यसरी दिवसका रुपमा एक दिन मात्रै छुट्टयाउनु सम्मान मानेर खुसियाली मनाउनु कुनै पनि तरिकाबाट राम्रो होइन । नारीमा भएको शक्तिले संसारका शक्तिशाली पुरुषहरुलाई चाहेको खण्डमा केही समयमै उक्त शक्ति हरण गरिदिन सक्ने सामर्थ्य नारीमा हुन्छ ।

धर्मको रक्षा गर्नका लागि नारीमा एक प्रकारको अलौकिक शक्ति प्रदान गरिएको शास्त्रमा उल्लेख गरिएको छ । नारीमा भएको सहनशीलता यदी कुनै कारणले नियन्त्रण भन्दा बाहिर गयो भने उक्त समय प्रलय हुनेछ । प्रलय हुनका लागि नारीको शक्ति कमजोर हुनु पर्दछ ।

अहिले नारीको शक्ति बिस्तारै हराउँदै गएको छ । यदि शक्ति आर्जन गर्नका लागि नारी आफैंले साधना हुनु पर्दछ । हरेक दिन दिवस मनाउने नारीको बर्षको एक दिन मात्रै दिवस मनाउने नियम बनाउनु शास्त्र सम्बद्ध नभएको जानकारहरुको बुझाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *