मनसुन देशैभर फैलियो : बाढी, पहिरो र डु’बानको सम्भावना, सतर्क रहन महाशाखाको अनुरोध

  •  
  •  
  •  
  •  
  •  
  •  

शभर मनसुनी सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । भने देशभर सामान्य बदली रही देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

देशभर नै मनसुनी झरी परिरहेको छ । हाल अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै क्षेत्रमा पानी परिरहेको महाशाखाले जनाएको छ । देशका धेरै स्थानमा रातिदेखि नै हल्कादेखि मध्यम वर्षा भइरहेको हो । सोमबार दिनभर पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार सोमबार दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, प्रदेश ५, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसैगरी प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेका पूर्वानुमानमा उल्लेख छ । यस्तै, सोमबार राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ।र, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै प्रदेश ५, कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार बिहान काठमाडौँ उपत्यकाका धेरै स्थानमा मध्ययमदेखि भारी वर्षा भएकोले बागमती, मनोहरा, हनुमन्ते, विष्णुमती, नख्खु लगायतका खोलामा पानीको बहाव बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *