दुखद : भारतमा कोरोना भयावहः संक्रमित र मृत्यु संख्या दुवैमा नयाँ रेकर्ड

  •  
  •  
  •  
  •  
  •  
  •  

८ असार, एजेन्सी ।
कोरोना संक्रमणको सबैभन्दा खराव सूचीमा भारत चौथो स्थानमा कायम छ ।

संक्रमित र त्यसबाट मृत्यु हुने संख्या दुवैका आधारमा भारतको अवस्था थप नाजुक बन्दै गएको छ। आइतवार लगातार दोस्रो पटक १५ हजार भन्दा धेरै कोभिड १९ का संक्रमित थपिएका छन् भने ४ सय भन्दा धेरै मानिसले ज्यान गुमाएका छन्।हिजो एकै दिन भारतमा १५ हजार ३ सय ७२ कोरोनाका नयाँ संक्रमित भेटिएका हुन्। यससँगै भारतमा संक्रमितको संख्या ४ लाख २६ हजार ३ सय ९७ पुगेको छ। साथै एकै दिन कोरोना संक्रमितको मृत्यु संख्या पनि ४ सय २३ पुगेको छ। यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ हजार ६ सय ९५ पुगेको छ।संक्रमित र मृत्यु दुवैका महाराष्ट्रमा अध्याधिक बढेको हो। त्यहाँ ३ हजार ८ सय ७० नयाँ संक्रमित थपिए। भारतको कोरोनाको इपिसेन्टर मानिएको महाराष्ट्रमा १ लाख ३२ हजार ७५ जना संक्रमित छन्। हिजो त्यहाँमात्रै १ सय ८६ जनाको मृत्यु भएको छ। महाराष्ट्रमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ६ हजार १ सय ७० पुगेको छ।

दिल्लीमा ३ हजार नयाँ संक्रमित थपिएका छन् भने त्यहाँ ६३ जनाको मृत्यु भएको छ। दिल्लीमा संक्रमित संख्या ५९ हजार ७ सय ४६ पुगेको छ भने मृत्यु हुनेको संख्या २ हजार १ सय ७५ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *