कोरोनाले गर्दा नेपालमा नाकाबन्दी हुने चि “न्ता !

0
12

काठमाण्डाै – विश्वभरि फैलिरहेकाे काेभिड–१९ (कोरोना भाइरस) का कारण नेपालमा नाकाबन्दी हुने आशङ्का व्यक्त गर्न थालिएको छ ।

चीनको वुहानबाट देखिएको भाइरसले विश्वव्यापी अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने विश्लेषण भइरहेका बेला नेपालमा कोरोनाको कारण नाकाबन्दी हुने आशङ्का गर्न थालिएको हो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले ३०/४० जना व्यक्तिमा मात्रै कोरोनाको सङ्क्रमण देखिए नेपालमा नाकाबन्दी हुन सक्ने चिन्ता व्यक्त गर्नुभयो ।

‘भूकम्पपछि नेपालले व्यहोरेको नाकाबन्दी पीडादायी छ । ३०/४० जनामा मात्रै कोरोना भाइरसको सङ्क्रमण देखिएमा त्यो भन्दा ठूलो पीडा हुन सक्छ’, उहाँले भन्नुभयो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. राजेशकुमार शाहले कोरोना भाइरसबाट बच्न सावधानी अपनाउनु पर्ने बताउनुभएको छ ।
उहाँले जथाभाबी भिडभाडमा नजान र जानै परे मास्क लगाएर जान आग्रह गर्नुभयो । ६० वर्षभन्दा माथिका नागरिक, डाइबिटीज, मुटुसम्बन्धी समस्या र दमका रोगीहरुलाई सङ्क्रमणको दर बढी देखिएको उल्लेख गर्दै उहाँले समयसमयमा साबुनपानीले हात धुन आग्रह गर्नुभयो ।

पहिलो पटक कोरोनाको आशङ्कामा ट्रपिकल सेन्टरमा भर्ना भएका एक जनामा बाहेक यसको सङ्क्रमण देखिएको छैन । सङ्क्रमण देखिएका व्यक्ति पनि उपचारपछि घर फर्किसकेका छन् । यद्यपि कोरोनाको आशङ्कामा परीक्षणका लागि अस्पताल पुग्नेहरुको सङ्ख्या भने बढिरहेको छ ।

यो पनि पद्नुस

। ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः, यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलास् क्रियाः’ जहाँ नारीको पूजा हुन्छ उक्त स्थानमा देवताहरुको निवास हुन्छ भनेर शास्त्रमा उल्लेख गरिएको छ । नारी शक्तिकाबारेमा ठूल्ठूला ग्रन्थ तथा पुराणहरुको रचना भएको छ ।

कुनै पनि पुरुषले आफू बस्ने घर बनाउँछन् भने नारीले गृह निर्माण गर्छिन् । त्यसकारण नारीलाई “गृह लक्ष्मी “ अर्थात् उक्त घरभित्र धन सम्पत्तिको बास हुनका लागि गृह लक्ष्मीको रुपमा पूजा गर्ने नियम रहिआएको छ।नारीको शक्ति वर्णन गर्नका लागि मारकण्य ऋषिले देवीभागवत पुराणको रचना नै गरेका छन् । उक्त पुस्तकमा केबल देवीको शक्तिकाबारेमा व्याख्या गरिएको छ ।

सम्पूण नाम उच्चारण गर्दा वैदिक परम्परामा पुरुषभन्दा नारीकै नाम सर्वप्रथम उच्चारण गरिएको छ । यसरी हेर्दा हिन्दू धर्मले कहिँ पनि नारीको अपव्याख्या गरेको छैन । नारीका लागि बर्षको एकदिन मात्रै होइन हरेक दिन उत्सव र दिवस मनाउनु पर्ने शास्त्रमा उल्लेख गरिएको छ ।

हरेक बर्ष फागुन २५ गते नारी दिवस मनाउने प्रचलन रहिआएको छ । नारीका नाममा बर्षभरीमा एक दिन मात्रै छुट्टयाएको छ । यसरी दिवसका रुपमा एक दिन मात्रै छुट्टयाउनु सम्मान मानेर खुसियाली मनाउनु कुनै पनि तरिकाबाट राम्रो होइन । नारीमा भएको शक्तिले संसारका शक्तिशाली पुरुषहरुलाई चाहेको खण्डमा केही समयमै उक्त शक्ति हरण गरिदिन सक्ने सामर्थ्य नारीमा हुन्छ ।

धर्मको रक्षा गर्नका लागि नारीमा एक प्रकारको अलौकिक शक्ति प्रदान गरिएको शास्त्रमा उल्लेख गरिएको छ । नारीमा भएको सहनशीलता यदी कुनै कारणले नियन्त्रण भन्दा बाहिर गयो भने उक्त समय प्रलय हुनेछ । प्रलय हुनका लागि नारीको शक्ति कमजोर हुनु पर्दछ ।

अहिले नारीको शक्ति बिस्तारै हराउँदै गएको छ । यदि शक्ति आर्जन गर्नका लागि नारी आफैंले साधना हुनु पर्दछ । हरेक दिन दिवस मनाउने नारीको बर्षको एक दिन मात्रै दिवस मनाउने नियम बनाउनु शास्त्र सम्बद्ध नभएको जानकारहरुको बुझाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here