नेपालगञ्जमा चाँदी जस्तो टल्किने भगवान शंकरको मूर्ति भेटिएपछि लाग्यो दर्शकहरुको भिड

0
7

नेपालगञ्ज, असार । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ७ गगनगञ्जमा चाँदी जस्तो टल्किने मूर्ति भेटिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले पानी निकासाका लागि नाली खनेको ठाउँमा चाँदी जस्तो टल्किने शंकर भगवानको मूर्ति भेटिएको हो ।

नाली निकासाका लागि डोजरले खनेको ठाउँमा स्थानीय ४ जना बालकले खेल्ने क्रममा उक्त मूर्ति फेला पारेका हुन् । सुरुमा टल्किएको केही बस्तु जस्तो देखिएपछि कोट्याएर हेर्दा मूर्ति भेटिएको स्थानीय १० बर्षीय बालक सुमित नागले बताए । मूर्ति देखिएपछि ४ जनाले पनि निकाल्न नसकेपछि स्थानीयवासीलाई खवर गरेको उनीहरुको भनाइ छ ।

मूर्ति चाँदीको हुन सक्ने स्थानीय मिरा श्रेष्ठको अनुमान । स्थानीयवासीले मूर्ति हजारौ बर्ष पुरानो हुन सक्ने अनुमान पनि गरेका छन् । माटो भित्र रहेपनि मूर्तिमा खिया नलागेको स्थानीय मिरा श्रेष्ठले जानकारी गराउनुभयो । अहिले वडा नं. ७ स्थित रहेको श्री राम जानकी मन्दिरमा उक्त मूर्ति राखिएको छ ।

मूर्ति स्थानीय सुमित नाग, शिवदेव नेपाली, प्रयास नेपाली र सुवोध नेपालीले भेटाएका थिए । शंकर भगवानको उक्त मूर्ति ७ किलो भन्दा बढीको रहेको छ । अहिले मूर्ति हेर्नेको भीड लागेको छ ।

लगातारको वर्षाले ४१ जिल्लामा बाढीको खतरा, सतर्क रहन आह्वान
काठमाडौं – जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज विभिन्न ४१ जिल्लाका नदी तथा खोलामा बाढीको सम्भावना रहेको जनाएको छ ।

मनसुन सुरू भएसँगै जारी वर्षाका कारण आज बागमती, नारायणी, पश्चिम राप्ती, बबईका स-साना सहायक नदीहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाब पनि हुन सक्ने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लासहित ईलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, उदयपुर, सिन्धुली, मकवानपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवनका स-साना खोलाहरूमा पनि वहाब बढ्ने सम्भावना छ ।

यस्तै गोरखा, तनहुँ, कास्की, लमजुङ, स्याङजा, पर्वत, अर्घाखाँची, गुल्मी, पाल्पा, रोल्पा, प्यूठान, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, सल्यान, सुर्खेत, कैलाली र आसपास जिल्ला भई बहने स-साना खोलाहरुमा बहाव बढ्ने र केहीमा सतर्कता तह आसपाससम्म पुग्न सक्ने सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here