नेपालको संसद मा नेपालीमा मात्र बोल्न सर्वोच्चमा रिट , हिन्दी भासा नबोल्न र बोलेको भए हटाउन माग

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । संघीय संसदमा हिन्दी भाषामा बोलिएका रेकर्ड हटाउन र नेपाली भाषामा मात्रै बोल्न परमादेश जारी गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर हुने बाटो खुलेको छ । यसअघि सर्वोच्चका मुख्य रजिस्ट्रारले गरेको दरपीठ आज बदर भएपछि रिट दायर हुने भएको छ । मुख्य रजिस्ट्रारले दरपीठ गरेको आदेश न्यायाधीश टङ्कबहादुर मोक्तानको एकल इजलासले आज बदर गरेपछि रिट दायर हुने भएको हो ।संविधानको धारा ७ को १ मा सरकारी कामकाजको भाषा देवनागरी लिपीमा लेखिने नेपाली भाषा हुनेछ भनिएको र संविधानको धारा १ को २ र धारा ४८ को ‘ख’ मा संविधान र कानुनको पालना गर्नु नागरिकको कर्तव्य हुनेछ भनिएकोले विधायकहरु संघीय संसद्का दुवै सदनमा बोल्ने सरकारी कामकाज कै लागि भएकोले संसदमा नेपाली भाषा बोल्नुपर्ने रिटमा जिकिर गरिएको छ ।

संसदमा बोलेको कुरा इतिहाससम्म अभिलेख हुने भएकोले नेपाली भाषा मात्र बोल्न माग गरिएको छ । त्यस्तै यसअघि सांसदहरु सरिता गिरी र अमृता अग्रहरीले प्रतिनिधिसभाको बैठकमा बोलेको हिन्दी भाषा संसद्को अभिलेखबाट हटाउन समेत माग गरिएको छ ।

संविधानको धारा १३३ को उपधारा २, ३ बमोजिम उत्प्रेषणको आदेशले हिन्दी भाषामा बोलिएको सामग्री हटाई बदर गरी नेपाली भाषा बोल्नु र बोलाउनु भनी संसदमा दुवै सदनका नाममा परमादेश जारी गर्न माग गरिएको छ । आजको इजलासमा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरू अनन्तराज लुइँटेल, केशरजंग केसी, कमल कोइराला, सन्तोष भण्डारी, लोकेन्द्र ओली, हरि दाहाल र ज्ञानेन्द्र घलेले बहस गरेका थिए ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *