नेपालमा काेराेना महामारी कायमै छ, सतर्क रहनुस‍् : डब्ल्यूएचअ‌ाे

  •  
  •  
  •  
  •  
  •  
  •  

विश्व स्वास्थ्य संगठनका प्रमुख डा. जोस भ्यान्डेलरले नेपाल सरकारले लडकडाउन सहज बनाएपनि काेराेना महामारी टरिनसकेकाले उच्‍च सतर्कता अपनाउन सबैलाई अपिल गर्नुभएको हो ।

लकडाउन खुकुलो बनाएसँगै सर्वसाधारणको क्रियाकलाप बढ्दै गएको, कार्यालय सञ्चालन, एक आपसमा भेटघाट लगायत कार्य बढेको भन्दै उहाँले त्यसक्रममा सबैले आ-आफ्नो तर्फबाट थप सतर्क हुन जरुरी रहेको उल्लेख गर्नुभएकाे छ ।

उहाँले संक्रमण नियन्त्रणका लागि प्रत्येक व्यक्तिले आ–आफ्नो तर्फबाट जीवनशैली र कार्यशैलीमा परिर्वतन ल्याउनुपर्ने बताउनुभएको छ । उहाँले मानिसहरुको भीडभाडमा नजाने, जानै परे दुरी कायम गर्ने, मास्क लगाउने तथा बेला बेलामा साबुन पानीले हात धुन पनि आग्रह गर्नुभएकाे छ ।

कोरोनाका कारण जनजीवन प्रभावित भएका बेला लकडाउन खुकुलो हुनुले चुनौती थपेकाे उहाँको भनाई छ । ‘लकडाउन खुकुलो भएपनि महामारी कायमै रहेकाले संक्रमण बढ‍्न सक्‍छ,त्यसैले थप होसियार हुन अ‍ावश्यक छ’- भ्यान्डेलरकाे भनाइ छ ।

संक्रमणलाई नियन्त्रण गर्न सक्ने तवरले कदमहरु चाल्नुपर्ने उहाँले बताउनुभयो । स्वास्थ्यमा कुनै पनि किसिमका अस्वस्थता देखा परे तत्काल स्वास्थ्यकर्मीलाई देखाउनुपर्ने भन्दै उहाँले यसबाट कोरोना फैलन नसक्ने बताउनुभयो । ‘भाइरस नियन्त्रणका लागि लकडाउन एउटा उपाय थियो भने अबको अर्को उपाय भनेको हामीले यी नियमहरु पलना गर्नु नै हो’ – उहाँ भन्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *