भर्चुअल मिटिङमा पर्यटनमन्त्री भट्टराई बोल्दाबोल्दै अ’श्लिल भिडियो बजेपछि…

  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाल पर्यटन बोर्डले सोमबार दिउँसो पर्यटन सुरक्षा निर्देशिका सार्वजनिक गर्न ‘जुम एप’ भर्चुअल बैठक आयोजना गर्‍यो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई प्रमुख अतिथि थिए । जब सार्वजनिक भर्चुअल कार्यक्रममा मन्त्री बोल्न सुरु गरे, एक्कसी पो र्न भिडियो बज्न थाल्यो ।

भिडियो बजेलगत्तै एडमिनले भिडियो काटे ।पर्यटनमन्त्री भट्टराईले नेपालमा पर्यटन व्यवसायी समस्यामा रहेको, मजदुरले रोजीरोटी गुमाएको सन्दर्भ सुनाउँदा सुनाउँदै वेबिनारमा अश्लिल भिडियो देखिएको थियो । अनधिकृत रुपमा भर्चुअल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीबाट यस्तो गतिविधि भएको हो ।

त्यसअगाडि पर्यटन सचिव केदारबहादुर अधिकारीले सम्बोधन गरेका थिए । कोभिड-१९ संक्रमणका कारण विश्वका धेरैजसो देशहरुमा भेटेर बैठक गर्नुभन्दा जुम एपको प्रयोग गरी भर्चुअल माध्यमबाट बैठक हुने गरेको छ ।

यस्ता बैठकमा पछिल्ला समयमा ह्या करहरुले अनधकृतिक रुपमा ‘एक्सेस’ गरेर अ श्लील भिडियो बजाइदिने पनि गरेका छन् । नेपालमा पनि यसको प्रयोग बढ्दै गर्दा यस्ता समस्या बढ्दै गएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *