भारतसँग बंगलादेश पनि रुष्ट, चीनसँगकाे सम्झाैताप्रति भारतको प्रतिक्रियामा कडा आलोचना

  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सीर । दक्षिण एशियाली दुई शक्तिशाली मुलुक भारत र चीनको टकरावले भारतका छिमेकी अन्य साना र विकासोन्मुख मुलुकसँगको सम्बन्ध पनि बिग्रन थालेको छ । नेपालसँगको सीमा विवादले अहिले अन्तर्राष्ट्रिय स्तरमै ध्यान खिचिरहेको छ । पाकिस्तानसँग त दशकौँ अघिदेखि सीमा विवादका कारण पटकपटक युद्धकै नजिक पुग्ने गरेका छन् ।

अझ पछिल्लो समय भारतमाथि अर्को छिमेकी मुलुक बङ्गलादेश पनि रुष्ट बनेको छ । बंगलादेशले चीनसँग अफ्नो उत्पादन ९७ प्रतिशत शुल्क छुटका साथ निर्यात गर्ने सम्झैता गरेपछि त्यो सम्झैतामाथि भारतले गरेको टिप्पणीप्रति बंगलादेश रुष्ट भएको हो ।

बंगलादेशको यो सम्झैता आगामी जुलाईबाट लागु हुने भारतकै संचार-माध्यम द हिन्दुमा उल्लेख छ । सम्झैता लागु भएपछि चीनले बंगलादेशको ९७ प्रतिशत उत्पादनमा शुल्क लगाउने छैन ।

यो सम्झैतापछि भारतले यो सम्झैता अल्पविकसिकत मुलुक बंगलादेशप्रति चीनको च्यारिटी हो भनेकाे छ । यो भनाइपछि बंगलादेशका विदेशमन्त्री ए के अब्दुल मोमिनले कडा आलोचना गरेका छन् । उनले भनेका छन्- ‘वास्तवमा च्यारिटी भनेर भारतले आफ्नो तुच्छ मानसिकता दर्शायाे ।’

बंगलादेशी विदेशमन्त्रीको भारतप्रतिको प्रतिकृया यो दोस्रोपटक हो । उनले यही सम्झैता हुनेबित्तिकै भारतीय समाचारहरुमा चीनले बंगलादेशलाई आफ्नो बनाउने कोशिस गरिरहेको भन्ने कुरामा पनि मुख खोलेका थिए । उनले भारतीय मिडियाले नैतिक पत्रकारिता त्यागिसकेको समेत बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *