‘कार्पेट फेर्नुको साटो क्वारेन्टिनको ढोकाको चुकुल फेरेको भए ब’लात्कार हुने थिएन’

  •  
  •  
  •  
  •  
  •  
  •  

९ असार, काठमाडौं । कोही सांसद आफ्नो अभिव्य’क्तिका कारण विवादित बन्छन् त कोही चर्चित । प्रतिनिधिसभा सदस्य रंगमती शाही जब बोल्नका लागि संसदमा उभिन्छिन्, धेरैको ध्यान उनीतिर तानिन्छ । कारण हो- शाहीको रसिक, तर व्यंग्यात्मक अभिव्यक्ति ।

शाही पिछडिएको क्षेत्र (हुम्ला जिल्ला)बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्छिन् । हुम्लाबाट प्रत्यक्षतर्फ स्वतन्त्र सांसद छक्कबहादुर लामाले कांग्रेसलाई झिनो (४७) मतले हराएर चुनाव जितेका थिए । रंगमतीले चाहिँ समानुपातिकतर्फबाट हुम्लाको प्रतिनिधित्व गर्दै संसदको दैलो टेक्ने अवसर पाइन् ।

हिमाली भेगको सर्केगाड गाउँपालिका-४ निवासी ४६ वर्षीया शाही नेपाली कांग्रेसका तर्फबाट समानुपातिक संसद हुन् । संसदमा बाक्लै बोलिरहने शाही कर्णालीवासीका समस्या मार्मिक ढंगले उठाउँछिन् । कहिले काठमाडौंका सडकका खाल्डाखुल्डी हेर्न स्कुटी चढेर सोह्रखुट्टेको सडकमा डुल्न प्रधामन्त्री केपी शर्मा ओलीलाई आह्वान गर्छिन् ।

मंगलबारचाहिँ रंगमतीले संसदमा बोल्ने क्रममा राष्ट्रपति कार्यालयमा कार्पेट फेर्ने पैसाले क्वारेन्टिनस्थलमा ढोकाको चुकुल फेरेको भए महिलाहरु बला’त्कारको सिकार हुने थिएनन् भन्दै सरकारको आलोचना गरिन् । र, प्रधानमन्त्री ओली कोरोना सं’क्रमतिको टाउको गनेर बसिरहेको शाहीले आरोप लगाइन् ।

संसदमा रंगमती शाहीको भनाइ जस्ताको त्यस्तै –

सम्माननीय सभामुख महोदय, कोरोना भाइरसले पौष महिनामै खबर पठाएको थियो, म भाइरस हुँ भिसा चाहिँदैन, तयारी अवस्थामा बस्नू ।

तयारी गर्नका लागि सरकारसँग कुनै कुराको कमी थिएन । बहुमत, बजेट, कर्मचारी, सेना, प्रहरी, अरिंगाल ।

त्यतिमात्र होइन, प्रतिपक्ष पनि सँगै थियो । कमी थियो त एउटा ईच्छाशक्तिको कमी थियो ।

जनताको ज्यान जोगाउन छाडेर सांसदलाई चार करोड दिएर सत्ता टिकाउनप्रति सरकारको ध्यान छ । यत्रो महामारीले विश्व हल्लिइरहेका बेला हाम्रो सरकारलाई झाडापखालाको मात्र महसुस भएको छ ।

यतिबेला रातो कार्पेट फेर्न भन्दा क्वारेन्टिनको ढोकाको चुकुल फेरिदिएको भए महिलाहरु ब’लात्कृत हुने थिएनन् । समयमा सीमामा स्वास्थ्य परीक्षण गरेर व्यवस्थापन गरिदिएको भए संक्रमति बढ्ने थिएनन् । क्वारेन्टिनको व्यवस्थापन र स्वास्थ्य परीक्षण बढाइदिएको भए आज मृत्युवरण गर्नुपर्ने थिएन ।

अब भदौसम्म ४० हजार संक्रमित बढ्छन् भनेर हाम्रा प्रधानमन्त्रीज्यू टाउको गनेर बस्नुभएको छ ।

टाउको गन्ने कि व्यवस्थापनमा लाग्ने ? प्रधानमन्त्रीज्यूलाई बेसार पकाएर… ।

( बोल्दाबोल्दै वीचैमा सभामुखले माइक काटिदिए ।)राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *