डेरावालसँग कोरोना परीक्षणको प्रमाणपत्र माग्ने घरधनीलाई कारबाही हुने

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डाै – गाउँबाट काठमाण्डौ उपत्यका भित्रिनेसँग कोरोना परीक्षणको प्रमाणपत्र माग्ने घरधनीलाई सरकारले कारबाही गर्ने भएको छ ।

डेरामा बस्नेहरु गाउँबाट फर्कंदा घरबेटीले कोरोना परीक्षणको प्रमाणपत्र माग्न थालेको गुनासो बढेपछि गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको हो । घरबेटीले डेराभित्रै छिर्न नदिने गुनासोपछि गृह मन्त्रालयले त्यस्ता गतिविधिमा संलग्न हुनेलाई कारबाही गर्ने तयारी गरेको छ ।

साथै गृह मन्त्रालयले डेरावालासँग कोरोनाको प्रमाणपत्र नमागी क्वरेण्टीनमा बस्नेगरी घरबेटीले कोठा उपलब्ध गराइदिनुपर्ने जनाएको छ । कोठा उपलब्ध नगराउने घरबेटीलाई कारबाही गर्ने गरी गृह मन्त्रालयले काठमाण्डौ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा निर्देशन पठाइसकेको गृहका प्रवक्ता केदारनाथ शर्माले बताउनुभयो ।

साथै बाहिरबाट काठमाण्डौ उपत्यका फर्कनेहरुले कुनै लक्षण नभई पीसीआर परीक्षण गराउन नपर्ने भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले एक जिल्लाबाट अर्को जिल्ला जाँदा, काठमाण्डौ प्रवेश गर्दा र केही घरधनीले डेरावालासँग पीसीआर रिपोर्ट मागेको भन्ने सुनिन आएकोले त्यसो नगर्न आग्रह गर्नुभएको छ ।

गाडीको किस्ता तिर्न नसकेपछि नदीमा हाम फालेका युवाको श’व भेटियो
काठमाडौं । लकडाउनको समयमा किस्ता तिर्न नसक्दा कम्पनीले गाडी नियन्त्रणमा लिएको दुई दिनपछि एक युवकले मनोहरा खोलामा हाम फालेका छन्। सिप्रदी ट्रेडिङ कम्पनीले लकडाउनको अवधिको किस्ता नतिरेको भन्दै गाडी नियन्त्रण लिएपछि तनावमा रहेका युवकले सोमबार मनोहरा खोलामा हामफालेका हुन्।

रामेछापको मन्थली–३ घर भएका ३४ वर्षीय सानुबहादुर कार्कीको श’व मंगलबार बिहान सवा १० बजे भेटिएको छ। उनले दुई वर्ष अगाडि सिप्रदी ट्रेडिङ कम्पनीबाट किस्तामा पैसा तिर्ने गरी गाडी खरिद गरेका थिए। सामान्य मर्मतका लागि रामेछापबाट गाडी ल्याएर शुक्रबार नैकापस्थित कम्पनीको ग्यारेजमा गाडी राखेको र आइतबार गाडी बनेपछि कम्पनीले नियन्त्रणमा लिएको पारिवारिक स्रोतको दाबी छ। लकडाउनमा गाडी चलाउन नमिलेपछि मर्मतका लागि कम्पनीमा लगेको अवस्थामा बा ५ ख २८४४ नम्बरको उनको गाडी कम्पनीले राखेको हो।

‘दुःख गरेर किनेको गाडी थोरै किस्ता बाँकी हुँदा कम्पनीले नियन्त्रणमा लिएको भन्दै उहाँ दुःखी हुनुहुन्थ्यो’, उनका गाउँले प्रदिप रोकाले भने, ‘कम्पनीले गाडी लगेपछि उहाँ मानसिक रुपमा विक्षिप्त हुनुहुन्थ्यो।’ रोकाका अनुसार कम्पनीले लकडाउन अगाडिको तीन र लकडाउन अवधिको चार गरेर एकैपटक सात किस्ता तिर्न दबाब दिएको थियो। उनले तत्काल ५० हजारको चेक दिने र विस्तारै किस्ता हाल्ने बताउँदा बताउँदै कम्पनीले गाडी नियन्त्रणमा लिएपछि उनी तनावमा भएको प्रदिपले सुनाए।

काठमाडौँको जडिबुटीमा बस्ने उनले सोमबार बिहान १० बजे मनोहरा नदीमा हामफालेको उनका आफन्तले बताए। सरकारले नै लकडाउनको अवधिको किस्ता नलिन आह्वान गरेको अवस्थामा मजदुरको गाडी खोसिएको र त्यही तनावले ज्यान गएको भन्दै कानुनी उपचारको बाटो खोजिने अखिल नेपाल यातायात मजदुर संघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष दिपक केसीले बताए। उनले कुनै मजदुरले यस्तो बाटो रोज्ने अवस्था आउन नहुने भन्दै त्यसका लागि सरकारले उचित वातावरण बनाउनुपर्नेमा जोड दिए।

प्रहरीले भने घटनाको विषयमा अनुसन्धान भइरहेको जनाएको छ । अन्नपुर्ण पोष्ट दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *