विश्वभर कोरोना महामारीः एकैदिन ८८ जनाको मृ’त्यु, होसियार रहन आग्रह

  •  
  •  
  •  
  •  
  •  
  •  

कोरोना भाइरसबाट प्रभावित हुने मुलुकहरुको संख्या १०१ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो संख्या बढ्ने क्रम जारी छ । आइतबारको पछिल्लो तथ्याँकअनुसार उक्त भाइरसबाट मर्नेको संख्या सबैभन्दा बढी इरान, त्यसपछि चीन, स्पेन, दक्षिण कोरिया र नेदरल्यान्डमा देखिएको छ । यी मुलुकमा आइतबार जम्मा ८८ जनाको मृ’त्यु भएको छ । जसमध्ये मर्नेमा इरानमा धेरै देखिएको छ । इरानमा एकैदिन ४९ जनाको मृ’त्यु भएको छ ।

अब इरानमा मर्नेको संख्या अब १९४ जना पुगेको छ भने संक्रमित हुनेहरुको संख्या ६ हजार ५ सय ६६ जना पुगेको छ । त्यस्तै चीनमा आज २८ जनाको मृ’त्यु भएको छ भने अहिलेसम्म ८० हजार ७०१ जनामा संक्रमण भएको पुष्टि भएको छ । त्यस्तै स्पेनमा एकैदिन ७ जनाको मृत्यु भएको छ भने दक्षिण कोरिया र नेदरल्यान्डमा २–२ जनाको मृ’त्यु भएको छ।

स्पेनमा ६ सय १३ जना संक्रमित भेटिएका छन् भने दक्षिण कोरियामा ७ हजार ३ सय १३ जनामा संक्रमण भएको छ । उता,नेदरल्यान्डमा भने २ सय ६५ जनामा संक्रमण भएको भेटिएको छ । सो भाइरसबाट इटलीमा ५ हजार ८ सय ८३ जना संक्रमितहरु भेटिएका छन् भने जर्मनीमा ९ सय ५१ र फ्रान्समा ९ सउ ४९ जनामा संक्रमण भएको पुष्टि भएको छ ।

त्यस्तै जापान,अमेरिका, बेलायत, स्पिजरल्यान्ड, बेल्जियम लगायतका मुलुकहरुमा पनि सयौंको संख्यामा संक्रमितहरु देखिएका छन् । अहिलेसम्म विश्वभर मर्नेको संख्या ३६ सय ६० जना पुगेको छ । पछिल्लो तथ्याँकअनुसार चीनमा संक्रमित हुने र मर्नेको संख्या ह्वात्तै घटेको छ । चीन बाहेकका मुलुकहरुमा कोरोना संक्रमणको अनुपात ह्वात्तै बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

ग्रीनविच समयअनुसार शनिबार साँझ ५ बजेपछि करिब २४ घण्टामा विश्वभर उक्त भाइरसबाट थप सङ्क्रमितको सङ्ख्या १ हजारभन्दा बढी रहेको छ । यही अनुपातमा संक्रमण र म’र्नेको संख्या बढेमा विश्वले स्वास्थ्यको क्षेत्रमा निकै ठूलो चूनौतीको सामना गर्नुपर्ने अनुमान गरिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *