नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरूषलाई पनि नागरिकता दिऊँ : शेरबहादुर देउवा

0
15
Prime Minister Sher Bahadur Deuba announces his resignation in Kathmandu, on Wednesday, February 15, 2018. Photo: Reuters

काठमाडौं : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिला र पुरुषबीच विभेदको रेखा कोर्न नहुने बताएका छन्। उनले नेपालको संविधानले महिला र पुरुषबीच समानता सुनिश्‍चित गरेको भन्दै छोरालाई भन्दा छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य नहुने बताएका हुन्। ‘महिला र पुरुषबीच विभेदको रेखा नकोरौँ। हाम्रो संविधानले महिला र पुरुषबीच समानता सुनिश्‍चित गरेको छ,’ देउवाले बुधबार भनेका छन्, ‘छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य छैन, हुनुहुँदैन पनि।’ त्यस्तै उनले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले नागरिकता पाउने तर, नेपाली महिलासँग विवाह गर्ने पुरुषले नागरिकता नपाउने नियम पनि गलत हुने बताएका छन्। उनले नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषले नागरिकता नपाउने नीति विभेदको नीति भएको पनि बताएका छन्। ‘नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले नागरिकता पाउने, तर नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुषले नागरिकता नपाउने गरी विभेदको रेखा कोर्नु हुँदैन’ देउवाले ट्वीटमा लेखेका छन। उनले महिलालाई दोस्रो दर्जाको नागरिक बनाउने गरी ल्याइएको प्रावधानलाई संशोधन गरी लिङ्गको आधारमा विभेद नहुने नागरिकता विधेयक अघि बढाउन पनि सत्तारुढ दल नेकपालाई आग्रह गरेका छन्। ‘यसैले, महिलालाई दोस्रो दर्जाका नागरिक बनाउने गरी ल्याइएको प्रावधान संशोधन गरी लिङ्गको आधारमा विभेद नहुने, अनि समानताको अवधारणा-मर्म अनुरुप नागरिकता विधेयक अघि बढाउन म सत्तारूढ नेकपासँग माग गर्दछु’ देउवाले भनेका छन्।

हाम्रो संविधानले महिला र पुरूषबीच समानता सुनिश्चित गरेको छ। छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य छैन, हुनु हुँदैन पनि।

महिला र पुरूषबीच विभेदको रेखा नकोरौँ ~हाम्रो संविधानले महिला र पुरूषबीच समानता सुनिश्चित गरेको छ। छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य छैन, हुनु हुँदैन पनि।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here