४३४ संक्रमित थपिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या १११६२ पुग्यो

  •  
  •  
  •  
  •  
  •  
  •  

पछिल्लो २४ घण्टा यता थप ४ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ४ सय ३४ जनामा कोरोना भाइरस देखिएको बताए ।योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या ११ हजार १ सय ६२ पुगेको छ भने निको भएर घर फर्किनेको संख्या २ हजार ६ सय ५० रहेको छ । हालसम्म नेपालमा कोरोनाको कारण २६ जनाको मृत्यु भइसकेको छ ।

कतिको परीक्षण ?

हालसम्म १ लाख ९९ हजार ७ सय ३७ को पिसिआर विधि र २ लाख ८७ हजारको ८ सय ६३ जनाको आरडिटीबाट परीक्षण भएको छ ।

सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटको परीक्षण भने रोकेको छैन । हाल देशभर ७ लाख ४ हजार २२ जना क्वारेन्टिनमा रहेका छन् भने ८ हजार ४ सय ८६ जना आईसोलेसनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *