बसन्त चौधरीले भने – ‘अझै रोटी–बेटीमै अल्झिने ? माथि उठ्ने बेला भएन ?’

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। साहित्यकार तथा उद्यमी बसन्त चौधरीले नेपाल भारत सम्बन्धको विषयमा कुरा हुँदा सधैं ‘रोटी–बेटी’को दुहाइ दिइने गरेकोप्रति असन्तुष्टि जनाएका छन् । उनले अब रोटी बेटीको दुहाइबाट माथि उठ्ने समय भएको बताएका छन् । पछिल्लो समय ठूलो संख्यामा नेपालीहरुले भारतबाहेक तेस्रो मुलुकबाट ‘रोटी’ कमाउने गरेको र धेरैले उतैका ‘बेटी’ बिहे गर्न थालेको भन्दै अब माथि उठ्नुपर्ने उल्लेख गरेका छन् ।नेपालका सबैभन्दा धनी मानिएका उद्योगपति विनोद चौधरीका भाइसमेत रहेका बसन्तको यो भनाइलाई यसकारण पनि अर्थपूर्ण रुपमा लिइएको छ किनकि उनी भारतीय मूलका नेपाली नागरिक हुन् । उनको पुर्खा भारतको राजस्थानबाट व्यापारको सिलसिलामा नेपाल आएर यतै स्थापित भएर बसेका हुन् । उनको परिवारमा अझै पनि भारतमा बिहे गर्ने परम्परा कायमै छ । उनका दाजु विनोद चौधरीका छोराले केही वर्ष अघि मात्र भारतकी छोरीसँग बिहे गरेको पृष्ठभूमिमा उनको यो धारणा महत्वपूर्ण मानिएको छ ।

उनले ट्वीटमा लेखेका छन् ‘नेपाल–भारत सम्बन्धको कुरा हुँदा सधैँ ‘रोटी–बेटी’को सम्बन्धको दुहाई दिइने गरिन्छ । अहिले ६०–७० लाख नेपाली भारतबाहेक विदेशमा ‘रोटी’ कमाउँछन् र विकसित देशकाले त त्यहीँकै ‘बेटी’ बिहे गर्छन् । आपसी सम्बन्धको कुरा गर्दा अब रोटी–बेटीको नाराबाट माथी उठ्ने समय भएन र भन्या ?’

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *