अस्गर अलीको आडमा ई–सेवाको अवैध धन्दा, प्रहरी मिलेमतोमा अदालतलाई झुक्याइ

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी सल्लाहकार अस्गर अलीको आडमा विद्युतीय अनलाइन भुक्तानी प्रणाली (ई–सेवा) लाई बिटक्वाइन कारोबारको अवैध धन्दाबाट चोख्याएको रहस्य खुलेको छ।

नेपालमा अवैध मानिएको बिटक्वाइन कारोबारमा संलग्न ई–सेवाका सिइओसमेत रहेका अलीलाई प्रहरी र सरकारी वकिल कार्यालयको मिलेमतोमा सरकारी साक्षीका रूपमा प्रस्तुत गरेर मुद्दा कमजोर बनाइ ई–सेवालाई उन्मुक्ति दिने नियतले काम भएको तथ्य बाहिर आएको हो।

नेपाल राष्ट्रबैंकसँग ई–सेवाले बिटक्वाइनको अवैध कारोबार गरेको प्रमाण हुँदाहुँदैे उसलाई प्रतिवादी नै नबनाई सिइओ अलीलाई सरकारी साक्षीका रूपमा पेस गरेर मिलेमतोमै उन्मुक्ति दिनेगरी काम भएको सरकारी अधिकारीहरूको आरोप छ।

कम्पनी सिइओको हैसियतमा अलीलाई समेत अभियुक्तका रूपमा प्रस्तुत गर्नुपर्नेमा विज्ञका रूपमा सरकारी साक्षी बनाएर ई–सेवालाई चोख्याउनेगरी अदालतमा बयानको अवसर दिइएको छ। अनलाइन पोर्टल नेपाल लाइभ डटकमले बिटक्वाइन धन्दाका अभियुक्त हुनुपर्ने अलीलाई सरकारी साक्षी बनाएको विषय सार्वजनिक गरेको छ। यो खबर आजको नागरिक दैनिकले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *